विराटनगरकी ९० वर्षकी महिलाले १० दिनमा नै जितिन् कोरोना

विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट स्थानीय विराटनगरकी ९० वर्षकी महिला कोरोना संक्रमण निको भएर घर फर्केकी छन् । विराटनगर– ६ कि मधु भट्टराई अस्पताल भर्ना भएको दशदिनकै दिन डिस्चार्ज भएर घर फर्कन सफल भएको समाचारमा उल्लेख छ। उनलाई बुधबार प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले फूलगुच्छा दिएर बिदाइ गरेका थिए ।

बुधबारसम्ममा उनी सहित प्रदेश १ बाट ५७ जना डिस्चार्ज भएका बताइएको छ। पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ३१ जनाको स्वाब मङ्गलबार सङ्कलन गरिएको थियो । बुधबार आएको रिपोर्टमा २१ जनाको नेगेटिभ देखिएको हो । जसमा ९० वर्षीया भट्टराईको समेत नेगेटिभ देख्दा हाम्रो खुशीको सीमा नै रहेन, मेसु दासले भने , ‘उहाँको स्वास्थ्यको चिरस्थायित्वको कामना गर्दछौँ ।’

उपचारमा संलग्न चिकित्सकले लक्षण पनि नदेखिएको र स्वास्थ्य अवस्था समेत सामान्य र स्थिर देखिएका कारण १० दिनमै स्वाब सङ्कलनका लागि सल्लाह दिएका हुन् ।

प्रदेश १ मा सङ्क्रमितहरुको सङ्ख्या भने एक हजार १८९ पुगेको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com