लेबनान विस्फोटमा मृतक सङ्ख्या एक सय भन्दा बढी , नेपालीहरु सुरक्षित छन् : दूतावास

बेरुत। लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार शक्तिशाली विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ। यो समाचार तयार पार्दासम्म उक्त विस्फोटनमा परी चार हजार भन्दा बढी घाइते भएको जनाइएको छ।

करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा उक्त बिस्फोटन भएको जनाइएको छ। उक्त गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।विस्फोट निकै टाढासम्म सुनिएको यहाँका स्थानीयवासीले जनाएका छन् । अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्बिरहरू सञ्चारमाध्यमहरूले दिइरहेका छन् ।

ती तस्बिरहरू हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ । विस्फोटपछिका अनलाइनमा राखिएका भिडिओहरूमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ ।

त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैँ विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ । लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताएका छन् ।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति भएको बताएका छन्। यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् । एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरूलाई कडा कारबाही गरिने छ र उनीहरुलाई उम्किन दिइने छैन ।

गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि सञ्चार माध्यमहरूले जनाएका छन् । प्रतिवेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औँल्याइएको थियो ।

बेरुतमा रहेका सबै नेपाली सुरक्षित छन् : इजिप्टस्थित नेपाली दूतावास

इजिप्टस्थित लेबनान मामिला हेर्ने नेपाली दूतावासले सबै नेपालीहरु सुरक्षित रहेको जनाएको छ । दूतावासका प्रवक्ता सुजन विडारीलाइ उधृत गर्दै भनिएको छ – ‘प्रारम्भिक सूचनाअनुसार नेपालीलाई कुनै असर परेको देखिन्न , हामीले निकै नजिकबाट सूचनाहरु लिइरहेका छौं ।’

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com