प्रहरी हुँ भन्दै होटल र गेस्ट हाउसमा ठगी गर्ने २ पक्राउ

दाङ जिल्ला प्रहरी कार्यालयले आफूलाई प्रहरी हुँ भन्दै धम्क्याउँदै होटल सञ्चालकलाई ठगी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार त्यस्तो काम गर्ने घोराही उपमहानगरपालिका–९, कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको हो ।

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यु होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ भनी धम्क्याउने गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेस्ट  हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले उनलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com