मुम्बई। बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले कोरोनालाई परास्त गर्न सफल भएका छन् । उनी निको भएर आज आइतबार अस्पतालबाट डिस्चार्ज भएको उनका छोरा एबम अभिनेता अभिषेक बच्चनले ट्वीटर मार्फत जानकारी दिएका हुन्।
अमिताभ २३ दिनको अस्पताल बसाइ पछि आजै डिस्चार्ज भएका र अभिषेकलाई भने अझै पोजेटिभ देखिएकाले अस्पतालमै रहेको समाचारमा जनाइएको छ । उनले अस्पतालमा रहँदा उपचार संलग्न सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
यसघि नै बच्चन परिवारकै सदस्यहरु अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकि छोरी आरध्या अस्पतालमा उपचार पश्चात घर फर्किसकेका छन्।
भारतीय गृहमन्त्री अमित शाह कोरोनाबाट सङ्क्रमित
उता नयाँ दिल्लीमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहले आईतबार एक ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
उनले आफूलाई कोरोना संक्रमण भएपनि स्वास्थ्य स्थिति सामान्य रहेको र डाक्टरको सल्लाहका कारण अस्पाताल हुने बताएका छन् । मन्त्री शाहले आफ्नो सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।
पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । यसअघि आजै भारतकी एक प्रदेश मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गृह मन्त्री शाह भारतमा कोरोना संक्रमित हुने पहिलो उच्च अधिकारी हुन् ।