ग्रीनविच भलिबल परिवारद्वारा नेपालमा बाढी पहिरो पिडितहरुलाई आर्थिक सहयोग

लण्डन। ग्रीनविच भलिबल परिवार (जिभिपी ) लण्डनले अबिरल वर्षाका कारण नेपालको बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण ठूलो संख्यामा ज्यान गुमाउनुको साथै घरबार बिहीन भएकालाई आर्थिक सहयोग गरेको छ। म्याग्दी, तनहुँ र गुल्मी जिल्लाका त्यस्ता पिडित परिवारहरुलाई सहयोग गरिएको हो।

जिभिपीका अनुसार म्याग्दीका बिभिन्न ठाऊमा पहिरोमा परि ज्यान गुमाएका र घरबार बिहिन भएका लाई मोना यूके मार्फत , तनहुँको ऋषिंग गाऊँ पालिका वडा नं. ८ भैसिकिलेमा अबिरल वर्षाका कारण पहिरोमा परि अम्ब ब. थापाको घरपरिवारका ५ जनाले ज्यान गुमाएका लाई र गुल्मीको इस्मा- १ मल्दी र जुकेपानीमा पनि अबिरल वर्षाकाे कारण पहिराे जाँदा २ जनाकाे ज्यान जॉनुका साथै ६ जना घाईते हुनुभएकाे र दर्जनाैका गाेठ बगाँउदा भएकाे लाखाैँकाे क्षति र थुप्रै घरपरिवार बिस्थापित भएकाहरुलाई २१०/२१० पाउण्ड गरी जम्मा ६ सय ३० पाउण्डको सहयोग गरिएको छ।

 

जिभिपीका अध्यक्ष रबिन्द्र रोका मगरले उक्त आर्थिक सहयोग अभियानलाई एक ढीक्काभै साथ र समर्थन गर्नुहुने संपूर्ण जिभिपीका पदाधिकारीहरु,सदस्य साथीहरू, शुभेछुक र चन्दादाताहरु सबैलाई हार्दिक धन्यबाद ज्ञापन गरेका छन्।

ग्रीनवीच र वरपरका भलिबलप्रेमी युबाहरुद्वारा स्थापित ग्रीनविच भलिबल परिवारले हरेक वर्ष पुरस्कार र ट्रफी सहितको भलिबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यस बर्ष कोरोना ( कोभिड -१९ ) का कारण स्थगित गरेको छ। बिगतमा झैँ आगामी वर्षहरुमा पनि प्रतियोगिता संचालन गरिने जिभिपीले जानकारी दिएका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com