नेपालमा भदौ देखि दशैंलाइ लक्षित गरी फिल्म हल खोल्ने तयारी , सुरक्षाका उपाय र तयारी के छन् त ?

काठमाडौँ। नेपाल सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने निर्णयसँगै करिब चार महिनादेखि बन्द भएका फिल्म हलका संचालकहरु पनि हल खोल्ने तयारीमा जुटेका छन् । सरकारले फिल्म हल कहिलेदेखि खोल्ने भन्ने विषयमा भने हालसम्म कुनै निर्णय गरेको छैन ।

फिल्म हलका संचालकहरुको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान फिल्म हल खोल्ने निर्देशिका तयार पारेर चलचित्र विकास बोर्डमा बुझाइसकेको बताउँछन् । ‘हल खोल्ने विषयमै हामी छलफल गरिरहेका छौं । बजार बिस्तारै खोलिरहेको छ,’ उनले भने, ‘सरकार पनि मोडालिटी तयार गरेर छलफल गर्न तयार छ । विकास बोर्डमा गाइडलाइन एउटा बनाएर हामीले पेपर प्रिजेन्ट गरिसकेका छौं । भदौको अन्तिमसम्म हल खुल्छ जस्तो छ ।’

चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल पनि अब चाँडै सानो युनिटमा फिल्मको छायांकन र हल खुल्ने बताउँछन् । ‘चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ, कलाकार संघले हल खोल्ने भनेर मोडालिटी दिनु भएको थियो । हामीले पनि विभिन्न देशको अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर मोडालिटीमा थपथाप गरेर ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमटी’मा पठाइसकेका छौं । त्यहाँ छलफल पनि भएको छ,’ उनले भने, ‘मेरो विचारमा अब चाँडै हल खुल्छ । हाम्रो भीडभाड हुने क्षेत्र हो त्यसैले त्यससम्बन्धि निर्देशिका निकालेर सरकारले अनुमति दिन्छ ।’

भदौबाट नै हल खुल्ने छलफल भइरहेको उनले बताए । दसैंका लागि चहलपहल बढाउन हल खोल्ने तयारीमा जुटेको चलचित्र संघका अध्यक्ष प्रधानले बताए । उनले भने, ‘चलचित्र क्षेत्रलाई चलायामान बनाउँदै जानु पर्योल । खोल्नासाथ दर्शक पनि तुरुन्त आउने ठाउँ पनि हाम्रो । दसैंका लागि चहलपहल बढाउन हल खोल्ने तयारीमा छौं । हल नखोली कति बस्ने ?’

हल खोलेपछि डिजिटलाइज गरेका पुराना र पछिल्लो समय हिट भएको फिल्म प्रदर्शन गर्ने तयारी रहेको प्रधान बताउँछन् । उनका अनुसार हल सञ्चालकले सुरुमा ‘छक्का पञ्जा’, ‘कबड्डी कबड्डी’, ‘नाईं नभन्नु ल ५’ जस्ता फिल्म प्रदर्शन गर्ने तयारीमा छन् । सुरक्षा व्यवस्थाका लागि हलको ढोकामा स्यानिटाइजर लगाउने, दर्शकले अनिवार्य मास्क लगाउनुपर्ने र हलका कर्मचारीले फेस सिल्ड लगाउनुपर्ने जस्ता निर्देशिका बनाइएको उनले बताए ।

हलभित्र दर्शकहरुबीच भौतिक दूरी कायम गर्न एउटा सिट छोडेर दर्शक राख्ने योजना बनाएको उनी बताउँछन् । अकुपेन्सीका हिसाबले ५० प्रतिशत दर्शक राखेर फिल्म देखाइने प्रधानले बताए । ‘अकुपेन्सीको हिसाबले ३३ प्रतिशत राख्ने कुरा चलिरहेको थियो । तर, हामीले बिकास बोर्डमार्फत् ५० प्रतिशत हुनुपर्छ भन्ने माग गरेका छौं सरकारसँग । त्यस्तै ५० प्रतिशत हुन्छ होला,’ उनले भने।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com