कोरोना सङ्क्रमणबाट भारत उत्तरप्रदेशकी एक मन्त्रीको मृत्यु

नयाँ दिल्ली।भारतको उत्तर प्रदेश राज्यमा कोरोना सङ्क्रमणबाट एकजना मन्त्रीको मृत्यु भएको छ । उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्रालयको जिम्मेवारीमा रहनुभएकी ६२ वर्षीया कमला रानीको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार साउन ३ गते कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्री कमला रानीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । निमोनियाबाट ग्रसित उहाँ मधुमेहको बिरामीसमेत हुनुहुन्थ्यो।अस्पतालमा भर्ना भएकै दिन उहाँलाई सघन उपचार कक्षमा राखिएको थियो । अस्पताल स्रोतका अनुसार श्वास लिन कठिनाइ भएपछि उहाँलाई रेम्डिसिभिर औषधी सेवन गर्न दिइएको थियो ।

केही दिन स्वास्थ्य अवस्था स्थिर हुँदाहुँदै उहाँलाई शनिबार भेन्टिलेटरमा राखियो । आइतबार बिहान उहाँको एसजीपीजीआई अस्पतालमा उपचारकै क्रममा निधन भएको हो

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com