अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने : भारत, बङ्ग्लादेश लगायतका कतिपय मुलुकमा छ प्रतिबन्ध

वासिङ्टन।अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन ‘टिकटक’ प्रतिबन्ध लगाउन सकिने जनाएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पले भनेका छन् – ‘हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ। हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरू हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ । हामीले यसमा प्रतिबन्ध लगाउन सक्छौँ।’

अमेरिकामा कतिपय चिनियाँ एप्लिकेनहरूमा प्रतिबन्ध लागेको छ । त्यसैले अमेरिकाले यस टिकटकमा पनि प्रतिबन्ध लगाउनसक्ने तयारी गरेको चर्चा शुरु भएका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो ।

यसअघि जुलाईको पहिलो साता नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको भनाइ राखेका थिए। त्यसको करिब महिना दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यो भनाइ आएको समाचारमा जनाइएको छ ।

भारत सरकारले ‘टिकटक’ लगायतका चीनसँग सम्बन्धित ५९ वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाएसंगै एपल र गुगलले भारतमा आफ्ना एप स्टोरबाट टिकटक हटाई सकेका छन्। त्यस्तै, बाङ्ग्लादेशले यसअघि नै टिकटकलाई प्रतिबन्ध लगाइसकेको छ। यसघि बालबालिकाबारे अवैध रूपमा सूचना सङ्कलन गरेको अभियोगमा अमेरिकामा टिकटकलाई जरिवाना तिराइएको समाचारहरुमा जनाइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com