नेपाली राजदूतावासद्वारा कोरोना पीडितहरुलाई पुर्याएको सहयोगका लागि धन्यबाद ज्ञापन

लन्डन । कोरोना भाइरस (कोभिड १९) बाट पीडित वेलायत , आयरल्याण्ड र माल्टाका नेपालीहरुलाई पुर्याएको सहयोगका लागि बेलायतस्थित नेपाली राजदूतावासले धन्यबाद ज्ञापन गरेको छ । राजदूतावासले शुक्रबार एक विज्ञप्ति जारी गरी सहयोगका लागि योगदान गर्ने सवै संघसस्थाहरुलाई एकै पटक धन्यवाद दिएको हो ।

राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “कोरोनाको संक्रमणबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पीडित संयुक्त अधिराज्य(वेलायत), आयरल्याण्ड र माल्टामा रहनुभएका विद्यार्थी र वृद्धवृद्धा लगायत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई महत्वपूर्ण सहयोग पुर्याउनु हुने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, युके, आयरल्याण्ड र माल्टा, यस राजदूतावासबाट वेलायत, आयरल्याण्ड र माल्टामा गठित कोरोना प्रकोप सम्बन्धी सूचना आदान प्रदान, समन्वय तथा सहयोग समिति र मर्जिङ्ग नेपसक्स लगायत सबै संघ, संस्था र समाजहरु एवं आदरणीय समाजसेवी र स्वयंसेवकहरुमा नेपाली राजदूतावास, लण्डन विशेष आभार व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”

विज्ञप्तिमा अगाडी भनिएको छ – यहाँहरु सबैको सद्भावना, सल्लाह र सहयोगले विचल्लीमा परेका विद्यार्थीहरु, वृद्धवृद्धाहरु र रोजगारी गुमाएका महानुभावहरु लगायत अन्यलाई आर्थिक तथा अन्य आवश्यक सहयोग पुर्याउन, कोरोना सम्बन्धी आवश्यक जानकारी प्रवाह गर्न र लामो समयदेखि रोकिई रहेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्य सफलतापूर्वक सम्पन्न भएको सहर्ष जानकारी गराउँदै राजदूतावास सम्वद्ध सबै संघ, संस्था, समाज र समाजसेवीहरुमा पुन: कृतज्ञता व्यक्त गर्दछ ।

साथै राजदुताबासले वेलायत सरकारका सम्बन्धित निकायहरु, स्थानीय काउन्सिलहरु र गोरखा वेलफेयर ट्रस्टलगायत अन्य सम्बद्ध निकायहरु एवं आयरल्याण्ड र माल्टा सरकारका सम्बन्धित निकायहरुले नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा प्रदान गर्नुभएको सहयोग प्रति पनि हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com