नेपालमा असमानताको बिरुद्ध गोरखा भूतपूर्व सैनिक संघर्ष समिति गठन : बेलायत,भारतीय र सिंगापुरका गोरखा एकै ठाउँमा

 

लण्डन । गोरखा भूतपूर्व सैनिक (गेसो ) को अगुवाइमा नेपाल सरकारद्वारा विदेशी सरकारबाट पेन्सन पाइरहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णयविरुद्ध ब्रिटिश, भारतीय र सिंगापुर प्रहरीमा सेवा गरेका गोरखाहरु एकजुट भएका छन्। काठमाडौँमा भएको भेलाले गेसोका सभापति कृष्णकुमार राईको संयोजकत्वमा ‘गोरखा भूतपूर्व सैनिक संघर्ष समिति’गठन गरेको छ ।

उक्त समितिको सहसंयोजकद्वयमा भारतीय सेनाबाट अवकारप्राप्त भेषशंकर पुरी र सिंगापुर प्रहरीबाट सेवानिवृत्त नौराज राई रहेका छन् । समितिको सदस्य सचिवमा बेलायती सेनाबाट अवकास पाएका गेसोका उपसभापति जीतबहादुर राई छन् भने कोषाध्यक्षमा भारतीय सेनाबाट निवृत्त क्याप्टेन जीवनकुमार श्रेष्ठ रहेका छन् ।

समितिका सदस्यहरुमा बालकृष्ण घर्तीमगर (भारतीय सेना), कुमार मान श्रेष्ठ (भारतीय सेना), मणिकिरात बान्तवा (ब्रिटिश सेना) र सहरमान तामाङ (ब्रिटिश सेना) रहेका छन् भने बाँकी दुई सदस्य सिंगापुर प्रहरीबाट पूर्ति गरिने बताइएको छ ।

गेसोले सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको छ। गेसोको उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरि १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिइसकेको छ ।

गेसोद्वारा शुक्रबार जारी एक विज्ञप्तिमा उक्त नवगठित समितिले सरकारको सो निर्णयविरूद्ध अझ सशक्त रुपमा कानुनी र शान्तिपूर्ण आन्दोलनहरु गर्ने उल्लेख छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com