बेलायतद्वारा कोरोनाको लक्षण देखिएमा अब १० दिन सेल्फआइसोलेशनमा बस्नुपर्ने निर्देशिका जारी

लण्डन । कोरोना भाइरस संक्रमणका लक्षण देखिनेहरुले हालसम्म सात दिनसम्म सेल्फ आइसोलेशन (एकान्तबास) बस्नु पर्ने नियम रहेकोमा अब दस दिनसम्म बस्नुपर्ने निर्णय बेलायत सरकारले गरेको छ। यो नयाँ निर्णय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) को निर्देशन अनुसार गरिएको हो।

डब्लुएचओ ले दश दिनको निर्देशिका जारी गर्दा समेत बेलायतमा सेल्फ आइसोलेशनको समय अबधि सात दिन नै राखिएको थियो । विश्वका धेरै देशहरुले भने त्यस्तो आइसोलेसनको अवधि यसअघि नै दस दिन बनाइसकेका छन्। यसअघि बेलायतले तोकेको सात दिनको सेल्फ आइसोलेसन पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको थियो।

आगामी विन्टर सिजन (जाडो याम)मा समुदायमा भाइरस फैलनबाट रोक्न यो निर्देशन सहयोगी हुने बेलायतका सरकारी अधिकारीहरुले विश्वास लिएका छन् । विभिन्न अनुसन्धानहरुले कोरोना संक्रमितहरुले सातदेखि नौ दिनसम्म कम तर संक्रमण फैलाउन सक्ने देखाएका छन् ।

बेलायतमा बिस्तारै ओरालो लाग्दै गरेको भनिएको कोरोनाको संक्रमण फेरि फैलिन नपाओस् भनेर सेल्फ आइसोलेसनलाई थप लम्ब्याउने निर्णय गरिएको बताइएको छ ।

बेलायत सरकारका चार जना चीफ मेडिकल अफिसरहरुले संयुक्त रुपमा नयाँ नियम सार्वजनिक गरेका छन् । विज्ञहरुका अनुसार कुनै पनि संक्रमित व्यक्तिमा लक्षणहरु देखिनुपूर्व र संक्रमित भएको शुरुका केही दिनहरुमा अरुलाई सार्ने जोखिम उच्च रहन्छ । तर कतिपय केसहरुमा संक्रमण भएको ९ दिनसम्म पनि संक्रमण सार्न सक्ने खतरा पाइएको छ ।

कोरोना संक्रमणका लक्षणहरु जस्तै लगातार खोकी लागेमा, टाउको एकदमै दुखि रहेमा , शरीरको तापक्रम उच्च भएमा, ज्वरो आएमा, खानाको स्वाद हराएमा, गलेर कमजोर भए जस्तो भएमा लगायतका शारीरिक र स्वास्थ्य समस्या देखा परेमा १० घरमै सेल्फ आइसोलेशनमा बस्न र चिकित्सकीय सल्लाह लिन समेत अनुरोध गर्दै आएका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com