सामसुङ भन्दा ह्वावेइ स्मार्टफोनको बिक्री बढी भएको दाबी

बेइजिङ। चीनको स्मार्टफोन निर्माता कम्पनी ह्वावेइले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार ह्वावेइले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो ।

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको ह्वावेइले पाँच करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । जबकी सामसुङले यही अवधिमा पाँच करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ । अमेरिकी प्रतिबन्धका कारण ह्वावेइका मोबाइल सेटहरूको विदेशमा बिक्री घटेको छ, तर स्वदेशमा ह्वावेइका सेटहरूको माग तीव्र छ । ह्वावेइका सेटहरूमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन्, क्यानालिसले जनाएको छ ।

क्यानालिसका अनुसार ह्वावेइका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाईले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र ह्वावेइलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन् ।

दुरसञ्चार नेटवर्किङ उपकरण उत्पादनमा वर्चश्व कायम गर्न थालेको ह्वावेइलाई लिएर संयुक्तराज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले ह्वावेइका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदैआएको छ । अमेरिकाले हालैमात्र ह्वावेइलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै सञ्चालन गरिरहेको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com