निर्मला पन्त हत्या प्रकरणमा नयाँ ट्विस्ट : अदालतद्वारा प्रमाण नष्ट गरेकाे आरोप लागेका आठ प्रहरीलाइ सफाई

धनगढी । कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका आठ जना प्रहरीलाई सफाइ दिएको छ । अदालतले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जना प्रहरीलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा विष्टसहित प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी, ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सइ हरिसिंह धामी, रामसिंह धामी र प्रहरी हवल्दार चाँदनी साउद रहेका छन्। उनीहरू सबैमाथि निर्मला पन्त बलात्कार र हत्या घटनाको प्रमाण नष्ट गरेको आरोप लागेको थियो । यसैगरी, हिरासतमा राखेका व्यक्तिलाई यातना दिएको आरोप लगाइएको थियो ।

सार्वजनिक न्यायविरुद्धको कसुर र यातनासम्बन्धी कसुरमा आठै जना प्रहरीले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिनुभयो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजालसले आरोपित सबै जनालाई सफाइ दिएको उनले बताए ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खडक सिंहले प्रहरीविरुद्ध जाहेरी दिएपछि सरकारी वकिलको कार्यालयले प्रहरीविरुद्ध मुद्दा चलाएको थियो । मुद्दामा मुछिएका सबै जना निर्दोष रहेको अदालतले बिहीबार फैसला गरेको छ ।

साथीको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया बालिका निर्मलाको २०७५ साउन ११ गते उखुबारीमा शव फेला परेको थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com