अदालतमा विचाराधीन मुद्दामा असर पुर्याउने कार्यप्रति गेसोको गम्भीर आपत्ति तथा ध्यानाकर्षण

लण्डन । गोरखा भुतपुर्ब सैनिक संघ (गेसो)ले नेपाल सरकारको सामाजिक सुरक्षा भत्ताबाट गोरखा भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई वन्चित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी सामाजिक सन्जालमा गरिएको कार्यप्रति निन्दा प्रकट गर्दै ध्यानाकर्षण भएको जनाएको छ।

गेसो केन्द्रिय समितिका अध्यक्ष कृष्ण कुमार राईद्वारा आज एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी केही व्यक्तिहरुले सर्वोच्च अदालत र न्यायाधीशको मानमर्दन र साख गिराउने अभिव्यक्ति सामाजिक सन्जालमा दिएको बताइएको छ । तर त्यस्तो कार्य कसले गरेको हो भन्ने बारेमा भने विज्ञप्तिमा केही उल्लेख छैन।

बिज्ञप्तिमा स्वयं अदालत तथा न्यायधिशहरुको समेत मानमर्दन हुनेगरी अदालतमा विचाराधीन विषयमा सामाजिक संजालमा गरिएको तथाकथित भनाइ अत्यन्तै निन्दनीय र आपत्तिजनक भएको भन्दै सो आपराधिक कार्यप्रति घोर भर्त्सना गरिएको छ। साथै गेसोको प्रगति र प्राप्त हुन गइरहेको उपलब्धिलाई सहन नसकी विभिन्न बहानामा गेसोलाई कमजोर बनाउने दुस्साहसस्वरुप त्यस्तो कार्य गरिएको आरोप लगाइएको छ। त्यसरी अभिव्यक्ति दिने व्यक्तिहरु गेसोसित सम्बन्धित नरहेको र त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न पनि नेपाल सरकारसित माग गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ :

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com