बेलायतका प्रधानमन्त्री जोन्सनद्वारा युरोपमा कोरोनाभाइरसको 'सेकेन्ड वेभ' आउने चेताबनी

स्पेनबाट फर्केकाले १४ दिन क्वारनटिनमा

लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपमा कोरोनाभाइरसको ‘सेकेन्ड वेभ’ आउन सक्ने बताउदै बेलायत सरकारको हालैको निर्णयको बचाउ गरेका छन्। बेलायत सरकारले स्पेनबाट फर्केका यात्रुहरूले १४ दिनसम्म क्वारनटिनमा बस्नुपर्ने निर्णय यसै साता गरेको हो।

बेलायत सरकारको सो निर्णयले स्पेनमा हलचल मच्चिएको छ। कोरोनाभाइरस वृद्धिको कारण बेलायतले स्पेनलाई उसको यात्रा सूचीबाट हटाउने निर्णय लगत्तै बेलायत र आयरल्यान्डको सबैभन्दा ठूला टूर अपरेटर ‘टीयूआई’ले बेलायतका मुख्य भूमिबाट स्पेनका सबै उडानहरू अगस्ट सम्मका लागि रद्द गरेका छन्।

उता स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले स्पेनमाथि ब्रिटेनले लगाएको प्रतिबन्धप्रति असन्तुष्टि ब्यक्त गरेका छन्। सोमबार सामाजिक संजाल फेसबुक मार्फत प्रधानमन्त्री सान्चेसले स्पेनको अधिकांश भाग यूरोपियन औसत र बेलायतभन्दा पनि कम संक्रमण रहेको बताएका छन्।

“हामी बेलायती अधिकारीहरूसँग छलफल गरिरहेका छौं। मापदण्डको आधारमा निर्णय लिन अनुरोध गरेका छौ। छिट्टै समाधान खोज्ने आशा गर्दछौं। स्पेन पर्यटनको लागी एक सुरक्षित गन्तव्य हो। म व्यक्तिगत जिम्मेवारीको लागि अपील गर्दछु –  तपाईंले सामाजिक दूरी राख्नुहोस्, आफ्नो हात धुनुहोस् र मास्क लगाउनुहोस्।”

स्पेनमा कोरोनाभाईरस संक्रमितहरुको संख्या जुलाई तेस्रो सातादेखि दैनिक एक हजारभन्दा बढी भेटीएपछि चिन्ता ब्यक्त गरिएको हो। स्पेनका १७ वटा क्षेत्रहरुमध्ये १० बढी क्षेत्रमा पुन कोरोनाभाईरस संक्रमण भेटिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। फ्रान्सले शुक्रबार क्याटालोनियामा यात्रा नगर्न सिफारिस गरेको छ।

“हामी फ्रान्सेली नागरिकहरुलाई जोडतोडका साथ आग्रह गर्दछौं कि त्यहाँको अवस्था सुधार नभएसम्म त्यस क्षेत्रमा नजानुहोस्,” प्रधानमन्त्री जीन क्यास्टेक्सले शुक्रबार भने। नर्वेले पनि स्पेनमा आएका यात्रीहरुलाई शनिबारदेखि १० दिनको क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ। यता स्पेनको विदेश मन्त्रालयले हाल स्पेनका यात्रीहरूमाथि प्रतिबन्ध लगाउने देशहरूको सूची प्रकाशित गरेको छ। स्पेनका रक्षामन्त्री मार्गारीता रोबल्सले देशभर आपतकालिन अबस्था घोषणा गर्ने कुनै योजना नरहेको बताएका छन्। एक निजी टेलिभिजनलाई शुक्रबार अन्तरबार्ता दिदै क्षेत्रीय सरकारहरु आफैंले संकटको व्यवस्थापन गर्नुपर्ने तर्फ संकेत गरेका छन्। क्याटालोनिया सरकारका प्रमुख क्विम तोराले १० दिन भित्रमा अबस्था सामान्य नभएमा कडा कदम चाल्नुपर्ने बताएका छन्।

“अवस्था अत्यन्त गम्भीर छ। प्रकोपमा भएको वृद्धि चिन्ताको विषय हो, ”सोमबार पत्रकार सम्मेलनमा क्षेत्रीय नेताले भने। “हामी १० महत्त्वपूर्ण दिनहरूको सामना गरिरहेका छौं, सबैको ऐक्यबद्धताका साथ हामी यो कठिन अवस्थालाई सुस्त पार्न सक्षम छौं कि छैन भनेर पत्ता लगाउने छौ। अबस्था बिग्रदै गएमा कडा कदम चाल्नु पर्ने बाध्यता छ।”पत्रकार सम्मेलनमा, टोराले व्यक्तिगत जिम्मेवारी देखाउन, सामाजिक सम्पर्क घटाउन र एकै परिवारका सदस्यहरूमा भेला सीमित पार्न अपील गरेका छन्।

यसैबीच, बेलायत सरकारले मंगलबार मात्र युरोपका अन्य देशहरु लाटभिया , स्लोभाकिया , स्लोभेनिया , सेन्ट भिन्सेन्ट र ग्रेनेडिन्सलाइ पनि थपेको छ। अर्थात् ती देश भ्रमण गरेर बेलायत फर्कने यात्रुहरूले १४ दिनसम्म क्वारनटिनमा बस्नुपर्नेछ। यदि त्यसो नगरेमा १ हजार पाउण्ड सम्मको जरिवाना तिर्नु पर्ने छ।

 

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com