बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या कोभिड नेगेटिभ, अस्पतालबाट डिस्चार्ज

मुम्बई। चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याको कोरोना ( कोभिड -१९) परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनका पति अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै श्रीमती ऐश्वर्या र छोरी आरध्या अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

अभिषेकले ट्विटमा लेखेका छन् – “प्रार्थना र शुभेच्छाका लागि सबैलाई धन्यवाद । ऐश्वर्या र आरध्याको कोरोना परीक्षण नेगेटिभ आएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु अब घरमै बस्नेछन्।”

अभिषेक आफै भने बुबा अभिताभ बच्चनसँग अस्पतालका कर्मचारीको निगरानीमा रहने पनि उनको ट्विटमा उल्लेख छ । बच्चन बाबु–छोरा गत जुलाई ११ मा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । अमिताभ आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जालमार्फत जानकारी दिइरहन्छन् । विश्वभर उनका धेरै नै फ़लोअर र शुभचिन्तकहरु छन् जसले उनीहरुको स्वास्थ्य लाभको कामना गरि रहेका छन्। भारतका कतिपय ठाउमा त पुजा अर्चना समेत गर्ने गरिएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com