कोरोना अफ्रिकामा फैलदै : दक्षिण अफ्रिकाद्वारा विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा

जोहानस्वर्ग। कोरोनाको कहर अब अफ्रिकी मुलुकहरुमा समेत फैलिएको छ। दक्षिण अफ्रिकी सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि दक्षिण अफ्रिकाका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो । शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिएका हुन् ।

विश्व स्वास्थ संगठन ‘डब्लुएचओ’ले कोरोना अफ्रिकी मुलुकहरुमा फैलन सक्ने र यसले भयाबह स्थिति उत्पन्न हुन सक्ने भनी चिन्ता ब्यक्त गरिरहेको छ। त्यसैले जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । दक्षिण अफ्रिकामा जुलाई १२ यता कोरोना भाइरसका एक लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ ।

शनिबारसम्म चार लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । दैनिक रुपमा भारी संख्यामा संक्रमितहरु देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको बताइएको हो। अन्य अफ्रिकी मुलुकहरुले समेत बन्द गर्न सक्ने बताइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com