३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास गर्न लागेको दाबी

मिसगाभ। इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ ।

यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ । यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ ।

प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताए । तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिसलाई आत्मविश्वास सिर्जना गर्ने उनले बताए ।

इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञान सहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com