कोरोनाको कहरका बाबजुद चीनद्वारा महत्त्वाकाङ्क्षी मङ्गल यान प्रक्षेपण

बेइजिङ्ग । कोरोनाको कहर चालिनै रहेको बखतमा चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मङ्गल ग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुवै मुलुकबीच अथाह खगोलीय पिण्डहरूको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ ।

अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेकोचीनले आफ्नो मङ्गल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) राखेको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए । साइट कमान्डर झाङ झुयुले राज्य सञ्चालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गर्नुभएको थियो ।

पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कनेछ । यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मङ्गल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धी हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताउनुभयो । उहाँले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताउनुभयो ।

मङ्गल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ । तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ । चीनले पछिल्ला वर्षहरूमा अन्तरिक्ष खोजमा अमेरिकाको वर्चश्व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान सञ्चालन गरिरहेको छ ।

अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मङ्गल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ । नासाले सन् २०३१ सम्ममा मङ्गल ग्रहबाट ढुङ्गा र बालुवाका नमुना सङ्कलन गरेर पृथ्वीमा ल्याउने लक्ष्य लिएको छ । अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन–१ मिसन नासाले सन् १९७५–७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको पनि बताउनुभयो । सन् १०्र९६० देखि शुरु भएका मङ्गल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com