बेलायत पछि अमेरिकामा पनि नागरिकहरुलाई मास्क लगाउन निर्देशन

न्युयोर्क। अमेरिकामा सार्बजनिक यातायात, ट्रेन , बस , सपिङ्ग मलहरुमा मस्क लगाउनु पर्छ कि पर्दैन भन्ने बिबाद चलिरहदा सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्र्दै न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन आह्वान गरिएको हो ।

यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन सक्ने बताइएको थियो । अमेरिकाका संक्रामक रोग विशेषज्ञहरुले अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ ।

मेयर बोसरले बुधबार एक प्रेस सम्मेलनमा भने – खासमा कुरा के हो यो भने हामीले नागरिकलाई भनेका छौँ कि यदि तपाईँहरु घरबाहिर निस्किँदै हुनुहुन्छ भने अनिवार्य रुपमा मास्क लगाएर निकिस्कनुहोस भनेर हामीले अनुरोध गरेका हौँ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिदै आउनुभएको छ।अमेरिकामा मास्क प्रयोग गर्ने विषय शुरुदेखि नै एक प्रकारको राजनीतिक मुद्दा बनेको छ। मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ विभाजन देखिदै आएको छ।

मास्क प्रयोगका विषयमा अमेरिकामा मतको विभाजन देखिएको भए पनि विश्वका अधिकांश स्वास्थ्य विज्ञहरूले भने कोरोना भाइरसको रोकथाममा मास्कको प्रयोग र सामाजिक दूरीको पालना प्रभावकारी हुने सुझाव दिइ आएका छन् । अमेरिकामा कोरोनाबाट विश्वका अरु देशभन्दा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । हाल अमेरिकामा मात्र ४१ लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

 

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com