अमेरिकामा हतियारधारी समूहको आक्रमणमा १४ जनाको मृत्यु

सिकागो। अमेरिकाको सिकागो शहरमा अन्त्येष्टिपछि शोक व्यक्त गरेर फर्किनेहरुमाथि हतियारधारी समूहले गरेको आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु भएको छ । सिकागो शहरमा पछिल्लो केही समययता नियमित रुपमा आक्रमणका घटना हुँदै आएका छन् ।

दक्षिणी सिकागोस्थित ग्रेश्म नजिकको एक घरमा अन्त्येष्टिपछि शोक व्यक्त गरेर फर्केकाहरुमाथि कारमा सबार हतियारधारी समूहले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । मंगलबार साँझ भएको उक्त घटनामा केही ब्यक्ति घाइते भएको बीबीसीले उल्लेख गरेको छ । सिकागो शहरका मेयर लोरी लाइटफुटले संघीय अधिकारीहरुले आक्रमणका घटनाहरुलाई गम्भिरतापूर्बक लिएर समन्वयात्मक रुपमा अनुसन्धान गर्नुपर्ने सुझाब दिएका छन्। उनले घटनाबारे कुनै प्रकारको जानकारी भए नाम गोप्य राखेर भएपनि अनुसन्धानमा सघाउन आग्रह गरेका छन्।

अमेरिकामा एकजना अश्वेत नागरिक जर्ज फ्लोयड प्रहरी नियन्त्रणमा मारिएपछि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक रुप लिएको थियो । त्यसयता हिंसात्मक घटना रोकिएको छैन्। त्यस्ता हिंसात्मक घटनामा धेरैले ज्यान समेत गुमाएका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com