बुबा बिलाएको रात!

– बालकृष्ण दाहाल

पलङबाट बुबा पोखिएको रात,
रुंदै,
जतन गरि,
तन्नामा सुकाएँ!
होस छैन, बोली छैन,
मुखमा फिंज छ, अनुहार पहेंलो छ!

सायदै चिच्याएँ,
रातमा,
मेरो स्वर,
एकाबिहानै मन्दिरमा बजेको घण्टी झैँ,
छिमेकी गुँडहरु सम्म ठोकियो,
पल्लो गुंडमा निदाइसकेका भाले पोथी,
बायुबेगमा,
ढोकामा डङ डङ गरे,
अरु छिमेकी गुंडहरु पनि चल्मलाए,
बच्चा बच्चि काखिमा च्यापि,
बेग हानेर आए ढोकैमा!

उत्तिनै बखत,
मेरि मासुकी डल्लाले,
भंगेरा उफ्रे झैँ,
ढोका खोलिदिइन!

मेरि पोथिले सुंक्क सुंक्क गर्दै,
औसधिको झोला दिइन!

कसैले हर्न बजाउने स्ट्रेचर ल्याए,
कसैले पानीको जग बोके,
कसैले ब्लान्केट चेपे,
कसैले सिराने!
मैले जतन गरि,
तन्नाको दुई मुख बाँधे,
र, बुबालाई हर्न भएको स्ट्रेचर गाडीमा राखें!

त्यो बेला म-
ठूलो रुखबाट,
बुबा खेलेको आँगन छोडी,
मेरा जातहरु गोडेर,
मेवा खान र सप्तरङी पहिरन लाउँन,
पोथ्रामा सरेको थिएँ!

उठाएँ मात्र,
बुबालाई,
मैले बैध्यखाना पुर्याउँन भ्याइंन,
हात मात्र लगाएँ उहाँलाई,
अरु सबै काँधहरु जात निर्जातका थिए,
पाइला गहृाै थियोे,
बाटो फरक थियो,
कालो चुक झैँ,
निस्पट्ट अध्याँरो थियोे,
आर्यघाट! आर्यघाट!

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com