बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी पनि अस्पताल भर्ना

मुम्बई। कोरोनाबाट संक्रमित बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना गएका छन् । उनीहरु दुवैको गत आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको छ। झण्डै एक साताअघि नै संक्रमण पुष्टि भए पनि लक्षण देखिएकाले घरमै क्वारेन्टिनमा रहेका उनीहरूलाई उच्च तापक्रम लगायतका लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरू गरिएको छ ।

यसअघि गत साताको शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको पनि नानावटी अस्पतालमा नै उपचार भइरहेको छ। अभिनेत्री जया बच्चन अहिले सम्म कोरोना संक्रमणको लक्षण नदेखिएको समाचारमा जनाइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com