गेसोद्वारा नेपालमा रोकिएका गोर्खाबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले कोरोनाका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका गोरखा भूतपूर्व सैनिक र उनीहरुका परिवारको समस्याका बारेमा परराष्ट्र मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । गेसो सभापति कृष्णकुमार राईसहितको एक टोलीले सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर एक ज्ञापनपत्र बुझाएको हो ।

कोरोना भाइरसका( कोभिड-१९) का कारण नेपालमा गत मार्चदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ र नियमित उडान अझै शुरु हुन सकेको छैन । यसबाट बिदा मनाउन नेपाल गएका वयोवृद्ध गोरखा भूतपूर्व सैनिक तथा उनका परिवारहरुमा मानसिक चिन्ता परेको उल्लेख गर्दै गेसोले उनीहरुको समस्या समाधान गर्न सहयोगका लागि नेपाल सरकारलाई ध्यानाकर्षण गरेको गराएको हो । बेलायतको नियम अनुसार पेन्सनरहरुले १ महिनाभन्दा बढी बेलायत बाहिर बसे उनीहरुले पाउने सुविधाहरु रोक्का हुन्छ।

ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले गेसोको टोली संगको भेटका क्रममा गोर्खाहरुको लागि सहज वतावारण निर्माणमा सरकारका तर्फबाट आवश्यक पहलको आश्वासन दिएको बताइएको छ।

हेरौं, ज्ञापन पत्रको पूर्णपाठ :

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com