स्याङ्जा समाज यूकेको ३ महिनामै सामाजिक कार्यहरु, केनको सहकार्यमा माक्स र सेनिटाइजर वितरण

अल्डरसट। गठन भएको ३ महिनामै स्याङ्जा समाज युकेले एउटा च्यारिटी सस्था ‘केन’ यूकेको सहकार्यमा बेलायतको नेपाली समुदायको घना बस्ति भएको शहर अल्डरसटमा निशुल्क मास्क र सेनिटाइजर वितरण गरेको छ। आइतबार विशेष कार्यक्रम सहित पूर्व गोर्खा सैनिकका परिवारहरु, जेष्ठ सदस्य बुबा-आमाहरुलाई माक्स र सेनिटाइजर वितरण गरिएको हो ।

स्याङ्जा समाज युकेका अध्यक्ष शारदा गुरुङको अध्यक्षता शुरु भएको उक्त कार्यक्रममा बरिष्ठ सल्लाहकार दिपक(डेबिड) गुरुङ समाजका ट्रस्टिज मे• कुमार गुरुङ, अर्का ट्रस्टिज थर्कसेन, ,उपाध्यक्ष भरत गुरुङ , कोषअध्यक्ष बिष्णु थापा, सदस्य बिजय राना ,अल्डरसट युथअध्यक्ष राजेन्द्र गुरुङ उपस्थित हुनु भएको थियोे। साथै उपस्थित १०० भन्दा बढी घर परिवारलाई माक्स र सेनिटाइजर वितरण गरिएको थियो ।

स्याङ्जा समाजले गरेको यो सहयोग प्रती उपस्थित सबै बुबा आमाहरु खुसी मुद्रामा समाजलाई धन्यवाद समेत दिनु भएको थियोे भने कार्यक्रममा अध्यक्ष शारदा गुरुङले उपस्थित सबै जेष्ठ सदस्यहरुलाई यस परिस्थितिमा सुरक्षित रहनु हुन अग्रह गर्नुको साथै उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो।

यसअघि पनि समाजले कोरोना भाइरसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी सम्बन्धी सचेतना फैलाउँदै आएको बताउदै सर्वसाधारणलाई भाइरसबाट जोगिन मास्क लगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै मास्क,सेनिटाइजर उपलब्ध गराइएको उपाध्यक्ष भरत गुरुङले बताउनु भयो।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९ ) महामारिबिच अनलाइन बैठक बाटनै संस्था गठन गरी यस्तो सामाजिक र पुण्य कार्य गर्न सफल स्याङ्जा समाज युकेको अहिले बेलायातभरका नेपालीहरुले प्रशंशा गरेका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com