सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा - डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

पन्जा (ग्लोब्स) र मास्कको गलत प्रयोगले कोरोनाको संग्क्रमण बढाउँन सक्छ । आजभोली सर्बसाधारणले पनि ग्लोब्स लगाएर हिड्ने गरेको देखिन्छ । मेडियामा, अन्तरबार्तामा, पसलमा बस्दा, टेलिभीजनमा समाचार बाचन गर्दा र अस्पताल आउदा पनि लगाएर आएको देखिन्छ । यसरी ग्लोब्स लगाउदा संक्रमण को खतरा कम हुनुको सट्टा झन् बढ्न सक्छ।

सत्य कुरा के हो भने ग्लोब्स लगाए पछि उक्त हातले जहापये तेही छुनु हुदैन ,यसरी छुदा तपाइंले लगाएको ग्लोव्स मा कोरोना रहेछ भने अर्को ठाउमा सर्न सक्छ । आम जनता को सधै ग्लोव्स लगाउने बानी नभएको कारण ले गर्दा उहाहरुले ग्लोव्स लगाएको हातले जहानि छुने गरेको पाइएको देखिएको छ ,तेही हात ले जहानि छुने,अनि जिउ कन्याउने , नाक कन्याउने , फेसमा कन्याउने ,अनि ग्लोव्स लगाएको हात सफा नगर्ने ,सफा गरेपनि ग्लोव्स लग्गएको हातलाइ राम्ररि पूर्णरुपमा सफा गर्न नसकिने भएकाले संक्रमण रहिरहने हुन्छ । एउटै ग्लोव्स धेरै समय सम्म लगाउने र च्यातिएको ग्लोव्स लगाएर आउने गरेको पनि भेटिएको छ । येदि तपाइलाई लाग्छ कि ग्लोव्स लगाएर कोरोना भाग्छ भने पैसा गन्दा, सब्जी सफा गर्दा , घर सफा गर्दा अथवा अन्य कुनै बस्तुमा छ भन्ने संका लागेमा ग्लोव्स लगाएर तेस्लाई सफा गर्ने अनि तुरुन्तै ग्लोव्स लाइ फालिदेने गर्न सकिन्छ । सर्जिकल ग्लोव्स भनेको स्वस्थ्यकर्मी हरुले आफुलाई संक्रमण नसरोस र बिरामीलाइ आफूबाट संक्रमण नसरोस भन्ने उदेस्यका साथ् प्रयोग गरिने ग्लोव्स हो। आम जनताले लागाइ राख्नु जरुरि छैन।

कोरोना रोकथाम मा मास्क र भौतिक दुरी नै अहिले सम्ममको सबैभन्दा महत्वपुर्ण अभ्यास हो। यसको अल्टरनेटिभ केहि पनि छैन। यहा त के पाइयो भने नाक लाई हावा खुवाउने(जबकि कोरोन मुख्य गरि नाक बाटै भित्र छिर्छ ) अनि मुखमा मात्रै मस्क लगाउने ,फोहोर गलोव्स लगाउने , मुख जोडिनेगरि भिड मा हिड्ने जसले गर्दा कोरोन फैलिन मदतगर्छ। आफुलाई येदि भिड मा जानु छ भने सास थामेर छिटो छिटो भिडलाई क्रस गर्न सकिन्छ अनि भिड क्रस गरिसकेपछि लामो सास लिन सकिन्छ। र मास्क नलगाएको ब्यक्ति भएको तिर भन्दा मस्क प्रयोग गरेका ब्यक्ति भएका ठाउ तिर बाट जानु अनि सकभर अगाडी बाट भन्दा पछाडी बाट भिड क्रस गर्नु उपयुक्त हुन्छ। बारम्बार हात धुने कामले यदि हाम्रो हात झुक्किएर नाक तिर गयो भने पनि कोरोना सर्ने सम्भावना कम रहन्छ। यदि हाम्रो कपडा मा कोरोना वाइरस छ त्यस्लाई हातले छुइयो भने उक्त हातलाइ नाक मुख तिर लैजानु भएन भने सर्दैन। हामि शिक्षित भएर पनि कोरोना बाट बच्न सकिने एउटै उपाय भौतिक दुरी कायम गर्न सकिरहेका छैनौ, नचाहिने ग्लोब्स चाही मजाले लगाएर हिडिरहेका छौ। तसर्थ सामाजिक दुरी कायम गरौँ , कम नपरी भिडभाडमा नजाउ , साबुन पानीले हात धुने बानी गरौँ।

( नेशनल हार्ट सेन्टर सिंगापुर (एनएचसिएस), इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. बिष्ट हाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, बिराटनगरमा कार्यरत छन् )

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com