एनआरएनए अमेरिकाको निर्वाचन समिति एक वर्ष अघिनै गठन, स्वतन्त्र प्रक्रियाको सर्बत्र प्रशंशा

बाल्टिमोर। गैर आबासिय नेपाली संघ राष्ट्रिय समिति (एनआरएनए एनसीसी) अमेरिकाको नवौं साधारण सभाले आगामी अधिबेशन र निर्वाचन सम्पन्न गर्न एक वर्षा अघिनै विश्व बरालको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। साधारण सदस्यहरुले साधारण सभा मार्फत निर्वाचन समिति गठन गर्ने एनआरएनए एनसीसी अमेरिकाको बैधानिक व्यवस्था अनुसार एनआरएनए अमेरिकाको हालै सम्पन्न साधारण सभाले उक्त समिति गठन गरेको हो ।

संयोजक बराल रहेको उक्त समितिमा कुलमणी आचार्य, बासु फुलारा, शिवराज पौडेल र गोबिन्द श्रेष्ठ सदस्य रहेका छन्। आचार्य अघिल्लो निर्वाचन समितिमा पनि सदस्य थिए र उनी अनुभवी सामाजिक अभियन्ता हुन । फुलारा चर्चित कानुन ब्यबसायी हुन। पौडेल निबर्तमान कार्यसमितिमा बिधान संशोधन समितिका संयोजक थिए र हाल एनआरएनए आईसीसीका सदस्य हुन । श्रेष्ठ एनआरएनए अमेरिकाका पुर्ब सल्लाहकार तथा एनआरएनए आईसीसीका वर्तमान मानार्थ सदस्य हुन। श्रेष्ठ लामो समयदेखि एनआरएनए अभियानमा लागेका अभियन्ता पनि हुन।

साधारण सभामा बिधान संशोधन समितिले उनीहरुको नाम प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव उपर सदस्यहरुबीच छलफल समेत भएको थियो। साधारण सभाको छलफलमा बरालले अघिल्लो निर्वाचन सफलतापुर्वक काम सम्पन्न गरेको भन्दै बरालको खुलेरै प्रशंशा पनि भएको थियो।

निर्वाचन समितिको नाम अध्यक्षले शिफारिस गर्ने प्रचलन भएपनि यो पटक अध्यक्ष सुनील साहले बिधान संशोधन समितिलाई स्वतन्त्र रुपमा नाम प्रस्ताव गर्न अधिकार दिएको बुझिएको छ । साहले कार्य समितिलाइ नाम सुझाउन आग्रह गरेका थिए। जस अनुरुप बिधान संशोधन समितिका संयोजक बिआर लामाले साधारण सभामा बराल सहित सिंगो समितिको नाम प्रस्ताव गरेका थिए। पांच सय बढी सदस्य सहभागी साधारण सभामा ३ जनाले फरक मत राखेका थिए।

फेरी पनि जिम्मेवारी पाएकोमा आफू खुशी भएको प्रतिक्रिया विश्व बरालले नेप्लिज डायस्पोरालाई दिएका छन्। “मलाई सिंगो साधारण सभाको विश्वासप्रति कृतज्ञ छु। संस्थाको विधानमा रहेर निश्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न मैले कुनै कसर बाँकी राख्ने छैन।” बरालले भने।

सदस्यद्वय आचार्य र पौडेलले पनि आफुहरु खुशी भएको र साधारण सभाको जिम्मेवारीलाई शिरोपर्य गर्ने प्रतिबद्दता ब्यक्त गरे।

अध्यक्ष सुनील साहले बिधान संशोधन समितिले अनुभवी ब्यक्तिहरुलाई समेटेर निर्वाचन समिति गठन गरेको र सिंगो साधारण सभाले सबै नामहरुलाई पारित गरेकोमा खुशी ब्यक्त गरे। साहले भने, “यो पटक कार्य समितिले सबै अधिकार बिधान संशोधन समितिलाई प्रदान गरेको थियो। हामीले एउटा स्वतन्त्र समितिले नै नाम प्रस्ताव ल्याओस भनेर चुप लगेर बस्यौं। यो स्वतन्त्र निकायले प्रस्ताव गरेर सिंगो साधारण सभाले पारित गरेको स्वतन्त्र समिति हो।” साहले साधारण सभापछि धेरैले यो प्रक्रियाको बारेमा खुलेर प्रशंशा गरेको पनि बताए ।

निर्वाचन समिति गठन गर्दा स्वतन्त्र प्रक्रिया अबलम्बन गरेको भन्दै अध्यक्ष सुनील साह र वर्तमान कार्यसमितिको अमेरिका र विश्वभरमै प्रशंशा पनि गरिएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

Mobile Sliding Menu

Himalayamail.com