नेप्लिज सेफ एसोसिएसन यूकेले नि:शुल्क सदस्यता वितरण गर्ने

लण्डन । नेप्लिज सेफ एसोसिएसन यूकेले नि:शुल्क सदस्यता वितरण गर्ने भएको छ । एसोसिएसनको सोमबार बसेको ‘जुम’ अनलाइन बैठकले कोरोनाको प्रभावमा परेका नेपाली सेफहरुलाई आर्थिक व्ययभार नपर्ने गरि नि:शुल्क सदस्यता वितरण गर्ने निर्णय गरेको पनि जनाइएको छ। बेलायतमा निर्वाचनको बेलामा मात्र स:शुल्क सदस्यता किनबेच हुने सस्थाहरुलाई यो एउटा उदाहरणीय कार्य भएको छ।

एसोसिएसनका अध्यक्ष दधि आचार्यका अनुसार विगतमा सदस्यता शुल्क बापत न्यूनतम ५ पाउण्ड लिइरहेको अबदेखि सदस्यता शुल्क नलिने निर्णय गरेको हो। आचार्यको अध्यक्षतामा बसेको बैठकले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यताको अनलाईनमार्फत निवेदन दिन पनि नेपाली सेफहरुलाई आव्हान गरेको छ। उनले भने -“अब सेफ साथीहरुले संस्थाको वेभसाइटमार्फत नयाँ सदस्यका लागि फारम भर्न सक्नुहुनेछ।” कोभिड -१९ का कारण बेलायत सरकारले जमघट र भेटघाटलाई निरुत्साहित गरेपछि अनलाईन माध्यमबाट धेरै कुराहरु भैरहेको सन्दर्भमा संस्थाको वेभसाइट संचालन ल्याइएको बताइन्छ ।

“कोभिड -१९ बाट आफू बच्नुहोस्, अरुलाई बाँच्न सहयोग गर्नुहोस् भन्ने मूल मन्त्र लिएर सेफ एसोसिएसन अघि बढी रहेकाले कोरोना भाइरसको संक्रमणबाट जोगिन बैठकले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ” उनले भने । बैठकले कोभिड- १९ का कारण स्थगित गरिएको नेपाली पहिचानका खानासहितको फुड फेस्टिवललाई वर्तमान स्थितिमा सुधार आउने बित्तिकै गर्ने योजना बनाएको छ ।

अध्यक्ष आचार्यले सस्थाको वेभसाइटको यो लिंकमा गएर सदस्यता फारम भर्न अनुरोध गरेका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com