नेपालमा बिना मास्क बाहिर निस्कने र सामाजिक दूरी मिच्नेलाई पक्राउ गर्न सक्ने

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा बढ्दै गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेमाथि सरकारले कडा कारबाही गर्ने नीति लिएको छ । लकडाउन (बन्दाबन्दी)को स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मन्त्रिपरिषद्ले यसअघि गरेको स्वास्थ्य र सुरक्षा मापदण्डसहित बजार अनुगमन र कार्यान्वयनका लागि निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार, बिनामास्क बाहिर निस्कने, सामाजिक दूरी कायम नगर्नेलाई प्रहरीले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने छ । सरकाले लकडाउन खुला गरेपछि कतिपयले लापरवाही गर्न थाले पछि सङ्क्रमण फैलन सक्ने जाेखिम विचार गरी सरकारले याे कदम चालेकाे हाे ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

Mobile Sliding Menu

Himalayamail.com