ताज महल पर्यटकका लागि सोमबारदेखि खुलाउने निर्णय स्थगित

नयाँ दिल्ली । भारतको एक प्रमुख र चर्चित पर्यटकीय स्थल “ताज महल” पर्यटकका लागि तत्काल नखुल्ने भएको छ । कोरोनाभाइरसको जोखिमका बीच तीन महिनादेखि बन्द रहेको ताज महल सोमबारबाट खुल्ने तय गरिएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भारतमा भाइरसबाट सङ्क्रमित हुने संख्या दैनिक जसो बढ्दो क्रममा रहेपछि स्थानीय अधिकारीहरुले भारतको आगरा शहरस्थित ताज महल नखुलाउने निर्णयमा पुगेका हुन। ताज महल भ्रमणमा लगाइएको रोक अर्को सूचना जारी नभएसम्म यथावत रहने अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । गत् मार्च महिनाको अन्तिम साता भारतमा लकडाउन सुरु भए यता पर्यटकीय स्थलहरु बन्द अवस्थामा छन् ।

सङ्क्रमित हुनेको संख्या एक सय समेत नहुँदा भारतको उत्तरप्रदेशस्थित आगरा शहरमा इटालीबाट आएका १५ जना पर्यटकमा पहिलोपटक कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लगत्तै आगरा शहर सङ्क्रमणको ‘हटस्पट’को रुपमा परिणत भयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

Mobile Sliding Menu

Himalayamail.com