हावाबाट कोरोना भाइरस फैलिने वैज्ञानिकहरूको दाबी: विश्व स्वास्थ्य सङ्गठन भन्छ -'प्रमाण पर्याप्त छैन'

लण्डन। कोरोनाभाइरस (कोभिड -१९) का बिषयमा संसारभर विभिन्न अनुसन्धान र परिक्षणहरु भैरहेका छन्। संसारभर नै संचारमाध्यमहरुमा यस्तै खालका समाचारहरु प्रकाशन र प्रशारण भैरहेका छन्।

यसै सन्दर्भमा हावाका साना कणमा पुगेका कोरोनाभाइरसबाट पनि मानिसमा सङ्क्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोनाभाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ।

कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई खुलापत्र पठाएर त्यस्तो माग गरेका हुन्।उनीहरूले उक्त पत्रमा आफूले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन्। ती वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजनामा भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ। जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा उसले पाँच माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने जनाएको छ।

न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले कोरोनाभाइरसको सङ्क्रमण हुनसक्ने दाबी गरेका छन्। तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले उपलब्ध प्रमाणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त छैनन्।

विश्व स्वास्थ्य सङ्गठनको कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेन्ग्रान्जीलाई न्यूयोर्क टाइम्सलाई हावाको माध्यमबाट फैलिन सक्ने सम्भावनाबारे आफूहरूले विगत दुई महिनादेखि विचार गरेको बताइन्। “तर ठोस वा स्पष्ट प्रमाणका आधारमा हैन,” उनले भनिन्, “यसबारे ठूलो विवाद छ।”

यसअघि जापानका वैज्ञानिकहरूले ढलको पानीमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरेका थिए। जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा त्यस्तो पाइएको जनाइएको थियो। तर पछि ढलको पानीमा कोरोनाको आरएनए पाइए पनि कोरोना लामो समय जीवित रहन नसक्ने र कोरोना पानीमा कम मात्रामा हुनाले पानीबाट सर्न सक्ने कमै सम्भावना हुने बताइएको थियो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com