एनआरएनए अमेरिकाको ९ औ साधारण सभा र राष्ट्रिय ज्ञान सम्मेलन

अमेरिका। गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको ९ औ साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन जुलाई ३ देखि सुरु भएको छ । नेपालका परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले उद्घाटन गर्नुभएसँगै एनआरएनए एनसिसि युएसएको साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन सफलता पुर्बक अगाडि बढिरहेको छ । अनलाईन मार्फत भईरहेको यस सम्मेलनमापराष्ट्रमन्त्री ज्ञवालीले नेपालबाटै ब्यानर पढेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रम उद्घाटनकै क्रम नेपालका प्रधानमन्त्रि केपि शर्मा ओलीले साधारण सभाको सफलताका लागी पठाउनु भएको शुभकामना पत्र वाचन गरेर सुनाईएको थियो । व्यक्तिगत रुपमा प्रधानमन्त्रि ओली कार्यक्रममा सहभागि हुन नसकेपनि उहा र नेपाल सरकारको तर्फबाट प्राप्त पत्रमा एनआरएनए एनसिसि युएसएको साथ र सहयोग सधै देशलाई आवश्यक पर्ने र नेपाल सरकार गैरआवासियहरु सँग समन्वय गरेर नै अगाढि बढ्ने भावना पत्र मार्फत व्यक्त गर्नु भएको थियो । पत्र एनआरएनए एनसिसि युएसएका बरिष्ठ उपाध्यक्ष तथा यस सम्मेलनका कन्भेनर अर्जुन बन्जाडेले वाचन गर्नुभएको थियो ।


कार्यक्रमको प्रमुख अतिथिका रुपमा आउनु भएका परराष्ट्रमन्त्रि ज्ञवालीले कोरोनाका कारण बिश्व आक्रान्त भैरहेको यस्तो अवस्थामा पनि साधारण सभा तथा ज्ञान सम्मेलन गर्न लागेकोमा प्रसन्नता व्यक्त गर्दै अमेरिकामा सिकेका ज्ञान प्रबिधि र बिज्ञानलाई नेपाल सम्म पुर्याउन र नेपालको बिकासमा लगाउन नेपाल सरकार सदैव स्वागतयोग्य रहेको बिचार व्यक्त गर्नुभयो । उहाले भन्नुभयो “ज्ञानको खानि मानिने अमेरिकामा नेपालीले सिकेका जतिपनि ज्ञान बिज्ञानका जानकारिहरु छन त्यस्लाई नेपालले एउटा सम्पदाको रुपमा हेर्दै बिकासको अनन्य सहयोगीको रुपमा भित्र्याउन नेपाल सरकार आतुर छ ।”

उहाले अहिलेको परिस्थितिलाई देखाउदै अहिलेको अवस्थामा देश आर्थिक मन्दितिर जान लागेको र धेरै बिदेशिएका नागरिक नेपाल आएका कारण नेपालमा बेरोजगारको सँख्या बढ्दै जाने स्थिती आएकाले अव गैरआवासिय नेपाली परिषदले अव नेपालमा सकेसम्म धेरै लगानि गरेर देशलाई सहयोग गर्नुपर्ने धारण राख्नुभयो । कोभिड १९ को समाधान भएपनि त्यस्ले छाड्ने छाप मेट्न समय लाग्ने र त्यसबाट पर्न आएको आर्थिक मन्दि तथा युवा रोजगारका कुराहरुमा रोजगार प्रत्याभुत गराउन गैरआवासिय परिषदको अहम भुमिका हुने उहाले जिकिर गर्नुभयो ।

यस्तै अर्का बिशेष बक्ताका रुपमा रहनु भएका नेपाली काँगे्रसका युवा नेता डाक्टर शेखर कोईरालाले देश बिकासका लागि महत्व पुर्ण भुमिकामा रहने गैर आवासिय नेपालीहरु अव अझै धेरै जुटेर लाग्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाले अहिले चौतर्फि रुपमा उठिरहेको गैरआवासिय नागरीकताका बारेमा एक पटकको नेपाली सधैको नेपाली भन्ने मुल नारालाई सम्मान गर्दै राम्रो कदम चालिरहेको अवस्थामा सँसद बिघटन जस्ता कुरा बिचमा ल्याएर सरकारले पारित गर्न ढिलाई गरेकोमा सरकार प्रति गुनासो गर्दै नागरिकताको बिषयले सफलता पाउने छ भन्ने बिश्वास व्यक्त गर्नुभयो ।

सरकारले २००९ साल देखि नागरिकताको रेकर्ड राख्न सुरु गरेकोमा अहिले सम्म ३ लाख ९५ हजार भन्दा धेरैले अँगीकृत नागरिकता पाएका र गैरआवासिय नेपाली त यहिका जन्मजात भएका कारण नागरिकताको सवालमा सरकार पछि हट्न नहुने धारण राख्नुभयो । बिदेशी महिलाले नेपालमा बिवाह गरेर आएपछि ७ बर्ष पछि मात्रै नागरिकता प्राप्त गर्ने नियम ल्याएर सरकारले सँबिधानको बिधान सँग बाझिने काम गरेको जिकीर गर्नुभयो । यस्तै एमसिसिको बारेमा बोल्दै नेता कोईरालाले सरकारले खुलेर सबैसँग छलफल नगरेको र यस्का बारेमा सामाजिक सँजालमा धेरै बहस भएपनि धेरैले यस्का बारेमा बुझ्न नसकेको बताउनुभयो।

यस्तै अर्का बक्ताका रुपमा रहनुभएका नेपाली काँग्रेसका नेता तथा पुर्बपरराष्टृमन्त्रि डाक्टर रामशरण महतले प्रबिधिको माध्यमबाट भैरहेको राष्टिृय ज्ञान सम्मेलनबाट सिकेका कुरा नेपालमा , राखिएका बिचार लाई सबैले हेर्न र सिक्न सक्ने र नेपालमा पनि त्यस्को फाईदा लिन सकिने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो । उहाले अहिलेको प्राबिधिक युगमा , ईन्टरनेटको समयमा राम्रा नराम्रा कुरा सबै सामाजिक सँजालमा आउने भन्दै राम्रा कुरालाई मात्रै हामिले कसरी ग्रह्ण गर्ने भन्ने कुरा चुनौती बन्न पुगेको बताउनुभयो ।

अहिलेको बिषम परिस्थितिबारे बोल्दै नेता महतले सरकारले कोरोना बाट बच्नका लागि पुर्ब तयारी गर्न लामो समय पाएको अवस्थामा पनि तयारी गर्न नसकेको बताउनुभयो । कोरोनाको कहरबाट देशलाई कसरी निकाल्ने भन्ने तर्फ ध्यान दिनुको साटो सरकारपक्ष सत्ता सँघर्षमा भुलेको भन्दै नैराश्यता व्यक्त गर्नुभयो ।

नेपाली काँगे्रसले उठाउदै आएको सिमा बिवादको कुरामा , राष्टिृयताको कुरामा नेपाली काँगे्रस अहिले पनि सरकारको साथमा रहेको र देश बिकास र देशको हितका लागि कहिलै पछि नहट्ने उहाले धारण व्यक्त गर्दै देशलाई गैरआवासिय नेपालीको साथको आवश्यक्ता देशलाई रहेको बताउनुुभयो । यस्तै नागरिकताको बिषयमा सरकारले गैरआवासिय नेपालीलाई सँबिधानले प्रदत्त गरेको राजनितिक अधिकार बाहेकका आर्थिक , सामाजिक तथा सास्कृतिक अधिकार दिन पनि सरकारले आलटाल गरेको बताउनुभयो । एमसिसिको बारेमा धारणा व्यक्त गर्दै नेता डाक्टर महतले सरकारको बिदेश निति सबै देशका लागि फरक फरक हुन नसक्ने र सहयोग लिने तरिका एकै किसिमको हुनुपर्ने धारणा व्यक्त गर्दै देशलाई अव आत्मनिर्भर बनाउन तर्फ जुट्नु पर्नेमा जोड दिनुभयो ।

उद्घाटन सत्रमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत महामहिम अर्जुन कार्कीले धेरै नेपाली युवा अमेरिकामा रहेको र उनिहरुले सिकेको सिप आर्जन गरेका ज्ञान नेपालमा लैजाने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो । उहाले यसरी आयोजना भएको ज्ञान सम्मेलनले यस्ता अवसर प्रदान गर्न सक्ने भन्दै ज्ञान बिज्ञान लाई वढावा दिन र नेपाल सरकार सँग समन्वय गरि यस्ता बिकासका काम अव गैर आवासिय नेपालीको माध्यमबाट नेपालमा लैजान युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाले नेपाली बिश्वमा निडर, मिलनसार र सहयोगी भनेर चिनिए पनि नेपाली नेपालीबिचमा धेरै बैमनश्यता राख्ने गरेको कुरालाई अँकित गर्दै महामहिम कार्किले अव यस्ता ज्ञान सम्मेलनले सबैमा सकारात्मक सोच भरिदियोस भन्ने शुभकामना दिनुभयो । उहाले नेपाली नेपाली मिलेर सँगै अगाडि बढे सधै सफलता प्राप्त गर्न सकिने बिचार व्यक्त गर्नुभयो ।

गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तले यो संघको स्थापना नै गैरआवासिय नेपालीको समस्यालाई समाधान गर्न र नेपालको बिकास गर्नका लागि रहेको बताउनुभयो । अध्यक्ष पन्तले नेपालमा अहिले सम्म केहि लगानि गर्न सकेपनि सिप र प्रबिधि अझै पुर्याउन नसकेको बताउनुभयो । गैर आवासिय नेपालीले सिकेका ज्ञान,सिप र प्रबृद्यिको सम्मेलनले नेपालमा ठुलो सहयोग पुर्याउनेमा आफु विस्वस्थ रहेको बताउनुभयो । गैरआवासिय नेपाली संघले सामुहिक प्रोजेक्ट ,लगानी गर्ने कार्य सँचालनमा ल्याउदा ल्याउदै कोभिड १९ को कारण रोक्नु परेको र यस्लाई निरन्तरता दिने बताउनुभयो । कोरोना महामारिको यस अवस्थामा गैरआवासिय नेपाली संघले २ करोण २० लाख बरावरको स्वास्थ्य सामाग्री राहतका रुपमा नेपाल पठाएको जानकारी गराउनुभयो । यस्तै ९ करोड रकम बराबरको राहत अहिले गैर आवासिय नेपाली संघ अन्तराष्टिृय समन्वय परिषदले बिभिन्न देशमा पुर्याएको बताउदै उहाले अझै पनि सहयोगका कार्य जारि रहेको जानकारी दिनुभयो ।

एनआरएन एनसिसि युएसएका महासचिवले सँचालन गर्नुभएको उक्त कार्यक्रममा आईसिसिका अध्यक्ष तथा पदाधिकारि, ज्ञान सम्मेलनका सँयोजक , एनसिसिका अध्यक्ष एवम पदाधिकारीहरु, बिभिन्न सँघसस्थाका पदाधिकारिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवातमा अतिथिहरुलाई स्वागत गरिएको थियो। स्वागत स्वरूप अहिलेका चर्चित साहित्यिक जोडी सरु गुरागाई र मुरारी गुरागाईले साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो । स्वागत कार्यक्रमको संचालन संचार संयोजक सतीश चापागाईंले गर्नुभएको थियो। महासचिव पशुपति पाण्डेले संचालन गर्नु भएको औपचारिक कार्यक्रमको सभापतित्व एनआरएनए एनसीसी अमेरिका अध्यक्ष सुनील साहले गर्नु भएको थियो।

-सरस्वती शर्मा सरु
विस्कन्सन
उपसंयोजक, मिडिया एन्ड पब्लिकेसन कमिटि
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका

भर्खरै

Archives

छुटाउनुभयो कि?

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

Mobile Sliding Menu

Himalayamail.com