इटहरीको तालतलैयामा अमेरिकाका समाजसेवीहरुको सहयोगमा खाद्यन्न राहत वितरण

सुनसरी। नेपालमा लामो समयदेखिको लकडाउनका कारण समस्यमा परेका सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. ३ तालतलैयामा रहेका ३० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ । अमेरिकामा रहेर सामाजिक काममा सक्रिय बन्दै आएका घ्यालसुम्दो सेवा संस्थाका पूर्वअध्यक्ष छिरिङ राप्के लामाको विषेश पहलमा उक्त खाद्यन्न सामाग्री वितरण गरिएको हो।

ग्रामिण क्लव हाउस इटहरीको आयोजनामा बुधबार वडाध्यक्ष बालकृष्ण विष्टले ३० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेका थिए। ग्रामिण क्लव हाउस इटहरीका महासचिव धर्मप्रसाद सुवेदीको संयोजनमा उनीहरुलाई राहत स्वरुप ३० घर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो।

छिरिङ राप्के लामा, घ्यालसुम्दो सेवा संस्थाका अध्यक्ष निमा लामा, न्युयोर्कमा बस्ने सामाजिक अभियान्ताहरु प्रेम पौडेल, रामचन्द्र अधिकारी, अनन्तराज सुवेदी, छ्याल्देन डोल्मा शेर्पा, छोन्जोम लामा, आशा लामा, उषा लामा, नेपाली कांग्रेसका नेता विश्वराज वास्तोला, पेन्सलभेनियामा बस्ने जयन्द्र लामा र डा. केवश भण्डारीले घ्यालसुम्दो सेवा संस्थामार्फत आर्थिक सहयोग उपलब्ध गराएपछि इटहरीमा खाद्यान्न सहयोग दिइएको हो ।

यसअघि सोही क्लबकी तारादेवी सुवेदी (खनाल) को पहलमा इटहरी उपमहानगरपालिका वडा नं. ३ बौकाझोडामा रहेका असार १२ गते शुक्रबार दलित र अति विपन्न ३० घर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन लगायतका खाद्य सामाग्री वितरण गरिएको थियो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com