नेपाली सेनाका रथी रावल र महासेनानी खड्का सेवाबाट बर्खास्त

काठमाडौँ । नेपाली सेनाले अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई पदबाट बर्खास्त गरेको छ।

बुधबार बसेको समरी जनरल सैनिक अदालतले माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञासम्बन्धी कसुर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको थियो । सोही फैसला अनुसार रथी रावल तथा महासेनानी खड्कालाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको नेपाली सेनाले जनाएको छ । दुवैलाई सैनिक ऐन २०६३ बमोजिम कारबाही गरिएको बताइएको छ ।

नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने अवधारणामा प्रष्ट रहेको आज विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । साथै दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेहरूलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा नेपाली सेना प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com