हङकङ : चीनद्वारा नयाँ सुरक्षा कानुन लागु , बेलायतले करिब तीस लाखलाइ नागिरकता दिने घोषणा

लण्डन । चीन सरकारले हङकङमा नयाँ सुरक्षा कानुन ल्याएपछि बेलायत र अमेरिकाजस्ता शक्तिशाली रास्ट्रहरुले हङकङका नागरिकहरुको लागी विभिन्न सदासयता देखाएका छन्। बेलायतले हङ्‌कङ चीनलाई हस्तान्तरण गर्दा भएको एउटा विशेष सम्झौताअनुसार त्यहाँका नागरिकलाई मुख्य भूमि चीनमा उपलब्ध नभएका अभिव्यक्ति स्वतन्त्राजस्ता अधिकारहरू कम्तीमा ५० वर्षका लागि सुनिश्चित गरिएको थियो। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनले ५० वर्ष स्वतन्त्रता दिने वाचा गरेको भए पनि जम्मा २३ वर्ष दिएको टिप्पणी गरेका छन्।

हङ्‌कङका नागरिकले चीनले लागु गरेको नयाँ सुरक्षा कानुन भङ्ग गरेमा आजीवन जेल सजाय भोग्नुपर्ने हुनसक्छ। मङ्गलवार देखि उक्त कानुन लागु गरिएको छ। बढ्दो अशान्ति र प्रजातन्त्रका पक्षधरमा निरन्तर भइरहेको आन्दोलनका माझ चीनद्वारा यो कानुन ल्याएको हो। गत महिना सो कानुन चिनिको संसदमा पेश हुँदा बेलायका विदेशमन्त्री करिब ३ लाख हङकङमा रहेका बेलायती पासपोर्ट बाहकहरुलाई बेलायतको नागरिकता दिने बताएका थिए ।

यसैबीच आज बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हङ्‌कङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट बाहकहरु करिब ३० लाखले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने बताएका छन्।

प्रधानमन्त्री जोन्सनले हङ्‌कङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताको बारेमा चासो व्यक्त गर्दै उनीहरुलाई अहिले बेलायतमा बस्न र काम गर्न पाउने अधिकार दिइने र ५ वर्षपछि उनीहरुले बेलायतको सिटिजनसिप (नागरिकता) को लागि आवेदन दिन सक्ने समेत प्रस्ट पारेका छन्।

त्यस्ता बीनीओ पासपोर्टबाहक र उनीहरुका परिवारहरुलाई पाँच वर्षमा आइएलआर दिइने बेलायत सरकारको योजना छ। बेलायत सरकारले मंगलबार गरेको यो घोषणाबाट हङकङमा रहेका बीएनओ पासपोर्टबाहक नेपालीहरु र उनीहरुका परिवारहरुलाई पनि बेलायत आउने बाटो खुल्ने नेपालीहरु बताउछन। तर कति संख्यामा त्यस्ता नेपालीहरुले बेलायतको सिटिजनसिप पाउलान भन्ने भन्ने अहिल्यै यकिन हुन भने सकेको छैन।

बेलायतको पूर्व उपनिवेशका रुपमा रहेको हङकङमा जन्मिएकाहरुलाई सरकारले यसघि बीएनओ पासपोर्ट दिएको थियो जसका आधारमा उनीहरु बेलायत आउन र ६ महिनासम्म बस्न पाउथे।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com