यूरोपेली संघद्वारा पाकिस्तानी वायु सेवाको उडानमा प्रतिबन्ध

यूरोप। यूरोपेली संघले पाकिस्तानी ध्वजावाहक विमान कम्पनीमाथि छ महिनासम्म यूरोपेली आकाशमा विमान उडाउन रोक लगाएको छ । पाकिस्तानका उड्डयन मन्त्रीले एक तिहाई विमान चालकको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको बयान दिएपछि संघले यस प्रकारको निर्णय गरेको हो ।

पाकिस्तान अन्तर्राष्ट्रिय वायु निगमका प्रवक्ता अब्दुल्लाह हफिजले भने महामारीको कारण पाकिस्तानले यूरोपमा विमान नभरेको दाबी गर्नुभएको छ । उहाँले आगामी दुई महिनाभित्र ओस्लो, कोपेनहेगन, पेरिस, बार्सिलोना र मिलानका लागि विमान सेवा सुचारु गरिने दाबी गर्नुभयो । विमान चालक प्रकरणबारे बोल्नुहुँदै उहाँले दुखित बनाएको प्रतिक्रिया दिनुभयो ।

पाकिस्तान अन्तर्राष्ट्रिय उडानको विमान कराँचीमा मई २२ का दिन दुर्घटना हुँदा ९७ जना यात्रुको मृत्यु भएको थियो । उक्त दुर्घटनाको छानबीन प्रतिवेदनबारे बोल्नुहुँदै उडडयन मन्त्रीले ८६० मध्ये २६० विमान चालकको अनुमति पत्र नक्कली रहेको सदनमा जानकारी गराउनुभएको थियो । पाकिस्तान सरकारले लगत्तै नियमनकारी निकायका चारजना अधिकारीलाई निलम्बन गरेको छ । उनीहरुमाथि मुद्दा लगाउने तयारी गरिएको छ ।

प्रतिबन्ध घोषणा गर्दै यूरोपेली संघ उडडयन सुरक्षा निकायले पाकिस्तान यतिबेला विमान चालकको अनुमति पत्रलाई लिएर अन्तर्राष्ट्रिय स्तरको विमान भर्न योग्य नभएको जनाएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com