जेन्स टेक्नोलोजीले युकेका संघ-संस्थालाई ५९ पाउण्डमा नै वेभसाइट बनाइदिने

लण्डन । ग्रयाजुएट इन्टरप्रेनरर्स नेप्लिज सोसाइटी(जेन्स) यूकेद्धारा सञ्चालित ‘जेन्स टेक्नोलोजी’ आइटी कम्पनीलेबेलायतका नेपाली संघसंस्थाको वेबसाइट डिजाइन तथा निर्माणका लागि एक विशेष छुट कार्यक्रम सार्बजनिक गरेको छ। जेन्स टेक्नोलोजीले बेलायतमा रहेका सामाजिक संस्थाहरुको वेभसाइट ५९ पाउण्डमा नै बनाइदिने भएको हो।

जेन्स युकेका अध्यक्ष तिलक भट्टराईका अनुसार सबैभन्दा पहिला सम्पर्कमा आउने ५० संस्थालाई रजिष्ट्रेसन शुल्क मात्र लिएर वेभसाइट बनाइदिन लागिएको हो । टेक्नोलोजीको ‘सबै नेपाली समाजका लागि वेभसाइट’ अभियान अन्तर्गत यो प्याकेज ल्याइएको पनि भट्टराइले प्रस्ट पारे। उक्त मूल्यभित्र अरु कुनै लागत नलुकाइएको पनि जेन्सले प्रष्ट पारेको छ । यसका साथै टेक्नोलोजीले सम्बन्धित संस्थाका वेभसाइट चलाउने सदस्यलाई सामान्य तालिम दिई वेभसाइट सन्चालन गर्न सक्ने पनि बनाउने बताइएको छ ।

‘जेन्स टेक्नोलोजी’ का साथै ‘नेपाली इ-बजार’ समेत संछालन गर्दै आइरहेको पूर्व अध्यक्ष एबम डाइरेक्टर शालिक सापकोटाले बताए। सापकोटाका अनुसार टेक्नोलोजीसित वेभसाइट बनाएपछि होस्टिङ त्यहीँ राख्नु पर्छ भन्ने अनिवार्य नरहेको र समाजले आफ्नो अनुकूलमा सार्नसक्ने छन् ।

वेभसाइट बनाउन चाहनेहरुले निन्न उल्लेखित टेलीफोन , मोबाइल नम्बर वा इमेल मार्फत सम्पर्क गर्न सक्ने जेन्स युकेले जनाएको छ।

T: 01375430025 /02037840366

M: 07429067450/07832904242/07545610066/07412579096

E: info@genstechnology.com /support@genstechnology.com

W: http://www.genstechnology.com/

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com