'टिकटक' लगायतका चीनसँग सम्बन्धित ५९ मोबाइल एप्लिकेशनमाथि भारतद्वारा प्रतिबन्ध

'शेयर इट' र 'वी च्याट' पनि प्रतिबन्धित

नयाँ दिल्ली । भारतले ‘टिकटक’ लगायतका चीनसँग सम्बन्धित ५९ वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाएको छ। भारत र चिनियाँ सेनाबीच लद्दाख र चीन जोड्ने सीमा क्षेत्र ‘लाइन अफ एक्च्युल कन्ट्रोल’मा हिंसात्मक झडप भएको दुई सातापछि भारतले चीनसँग सम्बन्धित ‘टिकटक, शेयर इट’सहितका ५९ वटा मोबाइल एप्लीकेशनमाथि प्रतिबन्ध लगाएको हो । यी मोबाइल एप्लीकेशनहरु भारतमा निकैनै लोकप्रिय मानिन्छन।

भारतको सूचना प्रविधि मन्त्रालयले सूचना प्रबिधि ऐन, २००९ को अनुच्छेद ६९ ‘ए’को अधिकार प्रयोग गरी उक्त निर्णय गरेको छ । उक्त अनुच्छेदले सर्वसाधारणले सूचना प्राप्त गर्न प्रयोग गर्ने विधि र सुरक्षाका उपाय सम्बन्धी व्यवस्था गरेको छ । सार्वभौमिकता, अखण्डता, भारतको सुरक्षा, राज्यको सुरक्षा र जन आदेशसँग सम्बन्धित रहेकोले सोमबार प्रतिबन्ध लगाउने निर्णय गरिएको भारत सरकारले सोमबार साँझ आदेश जारी गरेको छ।

प्रतिबन्ध लगाइएका मोबाइल एप्लिकेशनमा टिकटक, शेयर इट, वी च्याट, वेइबो, क्वै, यूसी ब्राउजर, शैन, क्लेश अफ किंग, डीयू बैटरी सेभर, हेलो, लाइकी, भाइरस क्लिनर, सी एम ब्राउजर, रोम्वे, क्लब फैक्ट्री लगायतका रहेका छन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com