जीवन जलका जन्मदाता : जसको नेपालसँग पनि नजिकको सम्बन्ध छ

– मुकुन्द सुवेदी

अमेरिका। आम नेपालीहरु झाडा पखला र हैजाको शंका लाग्ने बित्तिकै जीवन जलको प्रयोग गर्छन् । आखिर किन झाडा पखला लाग्दा जीवन जल प्रयोग गरिन्छ ? यसको थालनी कसरी भयो ? यसका जन्मदाता को हुन् ? यो विषयमा खासै खोजी भएको छैन ।

आम मानिसको जीवन बचाउन सहयोगी जीवन जलका जन्मदाता अमेरिकी बैज्ञानिक डा. डेभिड नलेन हुन् । उनी अमेरिकामा भए पनि नेपाल र नेपालीको पलपलमा सम्झना गर्दै रिटायर्ड जीवन बिताइरहेका छन् भन्ने कुरा कमैलाई थाहा छ ।

आफ्नो सुनौलो युवा जीवन दक्षिण एशिया खासगरी नेपाल, भारत, पाकिस्तान, बंगलादेशमा बिताएका थिए । यसका अतिरिक्त एशियाका अरु मुलुक अफ्रिका र दक्षिण अमेरिकाका धेरै वटा अबिकसित देशमा अशिक्षा र गरिबीले पिल्सिएका जनतालाई झाडा पखला, आँऊ र हैजाबाट बचाउन महत्वपूर्ण योगदान पुर्याएका छन् ।

उनको वेस्टचेष्टरस्थित घरमा त्यति बेला खिचिएका तस्बिर र बिभिन्न मुलुकहले दिएका पदकहरु र दराजमा राखिएका पत्रपत्रिका, पुस्तक र अनुसन्धानमुलक सामाग्रीहरुले भरिभराउ छन् ।

यसरी मिल्यो प्रेरणा

संसारको सबैभन्दा महंगो ठाउँ न्युयोर्कको मेनहाटनमा मध्यम वर्गीय परिवारमा जन्मिएका ७९ वर्षीय डा. नलिन कुनै समय अमेरिकी दैनिक पत्रिका न्युयोर्क टाइम्समा समेत काम गरेका थिए । उनी राम्रा पत्रकार पनि हुन् भन्ने कुरा त झन नेपालीहरुलाई थाहा नहुन पनि सक्छ ।

उनको बाल्यकाल अरुको जस्तै घुमफिर गर्ने, समुन्द्रमा पौडी खेल्ने र माछा मार्ने काममै बित्यो । बुवाको ठूलो औषधी कारखाना थियो भने हजुर बुबा जग्गा व्यवसायी थिए । पछि बुबा आमाकै प्रेरणाबाट डाक्टरी क्षेत्रलाई नै रोजे । उनी डाक्टरी अध्ययन गर्न थाले ।

आफ्नो विश्व विद्यालयको डिग्रीको पढाई समाप्त गरेपछि उनी गरिवी र अशिक्षाले पिल्सिएका, सामान्य स्वास्थ्य सेवासमेत नजोडिएका दक्षिण एसियाली मुलुक बंगलादेशको कक्सी बजारतिर लागे । हाल सो स्थान बर्माबाट धपाइएका रोहियन्जा मुसलमान समुदायको आश्रय स्थल बनेको छ ।

त्यतिबेला जनताको सेवा गर्न त्यति सजिलो पनि थिएन । आधुनिक जीवनशैली र सुखसयलमा हुर्किएका डा. नलिनका लागि त्यो ठाउँ नौलो मात्र थिएन, अनेकौ अभाव र भाषा संस्कृतिसमेत फरक थियो । तर, उनले त्यहाँको गरिवी, रोक, भोक र पछौटेपन देखेपछि केही न केही परिर्वतन गरेरै छाड्छु भनेर मनमा अठोट गरे ।

त्यतिबेला नेपालमा जस्तै त्यहाँ पनि झाडा पखला, आँउँ र हैजाबाट हजारौं मानिस मर्ने गर्थे । पानीको मात्र शरिरमा कमी भएर झाडा पखलाले थलिएर स्थिती अझ भयावह थियो ।

सन् १९६७ मा हार्डवेयर विश्व विद्यालयको मेडिसिन विभागले उनलाई रिसर्च फेलोको रुपमा बंगलादेश खटाएको थियो । त्यसपछि सरल विधी अर्थात् नुन, चिनी र पानीको समिश्रण गरी जीवन जलको प्रयोग गरी विरामी गाउँलेलाई दिन थाले । त्यसले विरामीहरु पूर्ण रुपमा निको हुन थाले ।

कतिपय गाउँलेहरु पराम्परागत थिए । त्यही भएर ‘यो अमेरिकी डाक्टर धर्म परिवर्तन पो गर्न खोज्दै छ की ?’ भन्ने गर्थे । तर उनले त्यस्ता कुराको वास्ता नगरी अघि बढिरहे र राम्रो सफलता प्राप्त गरिछाडे ।

पछि उनको त्यो सफल प्रयोगलाई नेपाल, भारत, पाकिस्तान, थाइइल्याण्ड, ओमन, अफ्रिका, ल्याट्रिन अमेरिकादेखि क्युवासम्म अनुशरण गरियो । नेपालमा पनि २०२९ सालदेखि जीवन जल बनाउने कामको थालनी भयो । त्यसबेला शाही औधषि लिमिटडले बनाउन सुरु गरेको हो ।यो क्रममा ती देशका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरे । राजा, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आफ्नो सफल परीक्षणबारे बेलिविस्तार गरे । ती देशका प्रमुखहरु आफ्नो जनताको स्वास्थ्य राम्रो पार्न सहमत पनि भए ।

अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनदेखि भारतीय प्रधानमनत्री स्व. इन्दिरा गान्धी, क्युवाका सर्वमान्य नेता फ्युडल क्यास्ट्रोसम्मलाई आफ्नो जीवन कालमा भेटे । त्यो सफल परीक्षणले गर्दा नै आज संसारभरका एक अर्ब मानिसको जीवन सुरक्षित भएको छ ।

‘स्वास्थ्य क्षेत्र सेवामुलक हो । तत्काल जसको प्रतिफल आउँदैन । काम गरिरहनुपर्छ’ उनी भन्छन्, ‘जीवन जल आम मानिसका लागि उपयोगी छ, जसलाई आमा मानिसले झाडा पखाला लाग्दा अनिवार्य खान्छन् ।’

बाच्न पनि पानी

स्वच्छ पानी भएका देशहरू जस्तै क्यानाडा, आइसल्यान्ड जल स्रोतका लागि विश्वकै सबैभन्दा धनी देश हुन् भनिन्छ । सन् २००० मा मात्र पानीजन्य रोग तथा खडेरीबाट २.२ मिलियनभन्दा बढी मानिसहरुको मृत्यु भएको थियो । सन् २००४ मा युके च्यारिटि वाटरएडले रोकथाम गर्न मिल्ने पानीजन्य रोगको कारण प्रत्येक १५ सेकेण्डमा एउटा बालकको मृत्यु हुने गरेको छ ।

विश्वको जनसंख्याको वृद्धिसँगै खानेपानीको उपलब्धता पनि घटिरहेको छ । खानेपानीको धेरै उत्पादन गरेर, आवश्यकताअनुसार सहि वितरण गरेर र खानेपानीलाई खेर जान नदिएर यसलाई समाधान गर्न सकिन्छ ।

त्यसमा पनि पानीको अभावमा छटपटिएर मृत्युको मुखमा पुगेका नागरिकका लागि स्वाच्छ पानी आवश्यक छ । ‘त्यतिले मात्रै पुग्दैन, त्यसका लागि जीवन जल नै चाहिन्छ’ उनी निशान न्युजसँग भन्छन्, ‘नेपालीहरुका लागि त झन जीवन जल अत्ति उपयोगी छ । नेपालीहरुको शरीरमा पानीको मात्रा कम छ । किनकी उनीहरु पानी कम खान्छन् ।’

यस्तो छ नेपालसँगको साइनो

त्यसै पनि नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एकपटक नेपाल आएपछि जो कोहीलाई पनि नेपाल आउँआउँ लाग्छ । त्यसमा डा. नलिन सफा पानीसँग रमाउन मन पराउँछन् । उनले चाहेजस्तो पानी नेपालमा छ ।

उनले झण्डै ४० पटकभन्दा बढी नेपालको भ्रमण गरिसकेका छन् । अझै पनि नेपाल आउने उनको धोको छ । यतिसम्म की नेपाली कला संस्कृतिप्रति पनि उनको लगाव धेरै छ । निकट भविश्यमा नेपाल आर्ट फेष्टिवल गर्ने योजना बनाएका छन् ।

७९ वर्षीय डा. नलेन विगतलाई झलझली सम्झिन्छन् । उनले नेपालजस्तो प्राकृतिक स्रोतको धनी दशेलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर कल्पना गरिरहन्छन् ।

‘स्वास्थ्य क्षेत्र सेवामुलक हो । तत्काल जसको प्रतिफल आउँदैन । काम गरिरहनुपर्छ’ उनी भन्छन्, ‘जीवन जल आम मानिसका लागि उपयोगी छ, जसलाई आम मानिसले झाडा पखला लाग्दा अनिवार्य पिउछन।’

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com