युके र युरोपबाट नेपालीलाइ स्वदेश फिर्ता लान कतारको दोहा हुदै थप २ चार्टर उडान हुदै

लण्डनको हिथ्रोबाट दिउसो २ वटा उडान

लण्डन । नेपाल सरकारको समन्वयमा बेलायतको ट्राभल कन्सोल नामको ट्राभल एजेन्सीले बेलायत र युरोपबाट थप नेपालीहरुलाई स्वदेश फर्काउन पुनः दुई दिन चार्टर उडानहरु गर्ने भएको छ। २९ जुन सोमबार र २ जुलाई बिहिबार गरी बेलायत र युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन लागेको ट्राभल कन्सोलका निर्देशक विराज भट्टले जानकारी दिए ।

उनका अनुसार लण्डन हिथ्रो, म्यान्चेस्टर, फ्र्यांकफर्ट, ओस्लो, एम्सटर्डम, पेरिस, म्याड्रिड, रोम, एथेन्स, ज्युरिख, ब्रसेल्स तथा कोपेनहेगनबाट कनेन्टिङ फ्लाईटमार्फत कतारको दोहा हुँदै काठमाडौं पुर्याउने व्यवस्था गरिएको छ । विदेशमा अलपत्र परेका वा जरुरी कामले नेपाल फर्किनु पर्ने बेलायत र युरोपमा रहेका नेपालीहरुलाई यसरि फ़र्काउने व्यवस्था मिलाइएको छ। लण्डन हिथ्रोबाट दिउसो २ र ४ बजे गरी दोहाका लागि २ उडानहरु रहेको समेत भट्टले बताए। साथै जुलाई २ मा बेलायतको म्यानचेस्टर बाट समेत उडान हुने जनाइएको छ।

सबै फ्लाइट कतार एयरवेजमार्फत गरिने र चार्टर फ्लाईटको भाडा दर १ हजार १५० देखि १ हजार ३ सय यूएस डलरसम्म पर्ने समेत उनले जानकारी दिए। गन्तव्यअनुसार दोहामा केही लामो समय ट्रान्जिट पर्न सक्छ तर यसलाई छोटो बनाउने प्रयासमा रहेको समेत उनको भनाइ छ। यद्धपी ट्रान्जिटको समय तीन घण्टा देखि बढीमा ७ घण्टासम्म मात्र रहेको छ।

नेपालमा अहिले पनि व्यावसायिक उडानहरुमा प्रतिबन्ध लागेकाले युरोपका ती सबै शहरहरुबाट यात्रुहरुलाई दोहामा संकलन गरी दोहादेखि २ ओटा चार्टर उडानमा काठमाडौँ लग्ने व्यवस्था मिलाइएको समेत उनले बताए। दोहाबाट ३ सय सिट भएको चार्टर उडानमा नेपाल लगिने व्यवस्था मिलाइएको छ।

साथै बेलायतस्थित नेपाली राजदुताबासमा समन्वय गरी नाम टिपाएका तर विभिन्न कारणले जान नपाएका नेपालीहरुलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्। यसअघि नेपाल सरकार र लन्डनस्थित नेपाली दूतावासको पहलमा जुन २४ र २६ मा जजीरा एयरलाइन्सका २ ओटा चार्टर उडानहरुमा २२९ जना नेपालीहरु बेलायतबाट नेपाल फर्किएका थिए।

यसै सम्बन्धमा लण्डनस्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरनसंग सम्पर्क गर्दा नेपाल सरकारले विदेशी वायुसेवा कम्पनीहरु कतार एयरवेज, जजीरा, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर उडान गर्ने अनुमति पाएकोमा यी उडानहरु हुने बताए। नेपाली राष्ट्रिय ध्वजाबाहक ‘नेपाल एयरलाइन्स’ र नेपालकै हिमालय एयरलाइन्सले समेत विभिन्न देशहरुबाट चार्टर उडान गरिरहेको समेत जानकारी दिए।

बेलायत , आयरल्याण्ड र माल्टामा रहेका नेपालीहरुलाई यी उडानहरुका बारेमा जानकारी गराइएको र सम्बन्धित ट्राभल एजेन्सीसंग सम्पर्क गरी जाना चाहनेले जान सक्ने उनले बताए। यी दुइ उडानहरुपछि जुलाई महिना भरि अन्य नेपाल जाने उडानहरुको सम्भाबना कम रहेको छ।

नेपाल सरकारले अगस्ट महिना देखि मात्र अन्तररास्ट्रिय उडान सुरु गर्न अनुमती दिने जनाइएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

Mobile Sliding Menu

Himalayamail.com