पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

स्याङ्जा । शनिबार रातीदेखि परेको अविरल वर्षाले घर माथिबाट आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ९ साङ्लियामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर ४९ वर्षीय यामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर घाईते भएका यामबहादुर र उनकी श्रीमती ४२ वर्षीया फुलमाया विकलाई उपचारको लागि रातीनै गल्याङ ल्याइएकोमा यामबहादुरको उपचारको क्रममा गल्याङ अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी यामबहादुरकी श्रीमती फुलमायालाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । मृतक यामबहादुरका दुई छोराछोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com