नेपाली गुठी अमेरिकाको सहयोगमा इटहरीमा खाद्यन्न राहत वितरण

सुनसरी । नेपाली गुठी एसोसियसन पेन्सलभेनिया अमेरिकाको सहयोगमा इटहरी उपमहानगरपालिका वार्ड न ३ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ । इटहरी ३ बौका झोडाका दलित तथा विपन्न ३० घर परिवारलाई शुक्रबार खाद्यन्न सामाग्री वितरण गरेको हो ।

ग्रामिण क्लव हाउस इटहरीको संयोजनमा इटहरी ३ वडा कार्यालयबाट राहत प्रदान गरिएको क्लबका महासचिव धर्मप्रसाद सुवेदीले बताए ।

इटहरी उपमहानगरपालिका वडा नम्वर ३ का बडाध्यक्ष बालकृष्ण विष्ट तथा अन्य सदस्यहरुले सो राहत सामाग्री प्रदान गरेका थिए । संयोजक ग्रामिण क्लब हाउसकी सदस्य तारादेवी सुवेदी (खनाल)ले ३० घर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।

महासचिव सुवेदीका अनुसार नेपाली गुठी एशोसिएसन अमेरिका तथा ग्रामिण क्लब हाउसको सहकार्यमा ९४ हजार रुपैयाँ बराबरको राहत प्रदान गर्ने बताए । सोही अनुसार शुक्रबार ३० घर परिवारलाई राहत प्रदान गरिएको हो । पाँच महिना अघिदेखि फैलिएको कोरोना संक्रमणको कारण समस्यामा परेका बौकाझोडाका दलित र अति विपन्न परिवारलाई राहत प्रदान गरिएको क्लबका अध्यक्ष मुकुन्द सुवेदीले जानकारी दिए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

Mobile Sliding Menu

Himalayamail.com