सन्जुको मन ! (लघु कथा)

– बालकृष्ण दाहाल

पण्डित कृष्णप्रसाद जिल्लाकै भद्र, धार्मिक र संस्कारिक व्यक्ति थिए। छोरा छोरीलाई शिक्षा र संस्कार नै सभ्यताको परिचय हो भन्ने सिकाउथे । परोपकार उनको मुख्य धर्म थियो।

छोरी सन्जु अप्सरा जस्तै थिइन। पढाइमा अब्बल उनले एस एल सी प्रथम श्रेणीमा पास गरिन। बुबाले छिमेकी काका पर्ने डिकबहादुर सग पढ्न शहर पठाए। कक्षा १० सम्म गाउँमा पढेकी सन्जुलाई शहरमा धेरै गाह्रो भयो। तरपनि उनले पढाइमा निरन्तरता दिइन। विज्ञानमा प्रविणता प्रमाण पत्र तह राम्रो श्रेणीमा उतिर्ण पनि गरिन।

बेला बेलामा घरबाट बुबाले चिठी पठाउनु हुन्थ्यो सन्जुलाई। सधै लेखेको हुन्थ्यो:-“राम्रो पढ्नू, असल बन्नू र पछि ठुलो मानिस बन्नू”।

डिकबहादुर चलचित्रमा काम गर्थे। शहरमा उनलाई सबैले डीबी भनेर बोलाउथे। राति ढिलो आउनु र बिहान चाडो जानु उनको दिनचर्या नै हुन्थ्यो। धुम्रपान र मध्यपान उनका आदत थिए। एकदिन रक्सि पिएका डिबिले आफ्नै भतिजी अप्सरा माथि आखा गाडे। लुछा चुडी भयो।निर्बस्त्र अप्सराको त्यो रात कोठा बाहिर नै बित्यो। पहाड खस्यो। अप्सराको कलिलो दिमागमा नराम्ररी असर परयो।

झोलामा किताब, कपी र लुगा पोको पारेर अप्सरा क्याम्पसको होस्टलमा गइन। साथीहरुले सहयोग गरे। पढाइ भने छाडिनन। अन्तत: स्नातकोत्तर उतिर्ण गरिन। खुल्ला प्रतिस्पर्धामा रास्ट्रिय बाणिज्य बैंकमा नाम निकालिन। रिलेसन मेनेजरको रुपमा काम गर्न थालिन।

उता डीबी कुलतमा फस्दै गयो। केटि र भट्टी उसका लागि अपरिहार्य भए। डिस्को, बार र क्लब उसका पर्याय बने।

धेरै बर्ष पछि सहरमा महामारी फैलियो। देश लकडाउनमा गयो। सारा बस्तुहरुको अभाब हुन थाल्यो। खडेरी झैँ भयो। डिबिलाई पनि ठुलो मार परयो। अन्ततोगत्वा गाउ फर्कने निधो गरयो। पैदल कलंकीको बाटो हुदै थानकोट पुग्यो। अगाडि बढ्न सकेन। बिरामी परयो। दुइ दिन त्यहि बितायो।

सरकारले राहात घोषणा गर्यो। सन्जुको बैंकले पनि राहत र अप्ठ्यारोमा परेकालाई बस को ब्यबस्था गरयो।सन्जु त्यस अभियानको अध्यक्ष बनिन। थानकोट केन्द्र थियो सन्जुको अभियानको । उनले डिबिलाई देखिन। बडो प्रेमपूर्बक बसमा बसालिन। दुइ बोतल पानि दीइन। दुइ हजार रुपैया पनि गोजीमा हाली दिइन। केहि खाजाको जोहो गरि झोलामा हालेर गाउ पठाइन।

डिबिका आँखाबाट बरर आँसु झरे………

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com