बेक्सलि नेपाली समाजको लण्डन बरो अफ बेक्सलीका मेयर सँग परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

लण्डन।बेक्सलि नेपाली समाज (बिएनसी) ले २६ जुन शुक्रबार बेक्सलि काउन्सिलका मेयर जेम्स हन्ट सँग अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। समाजको उद्देश्य, समुदायमा खेलेको भूमिका, सामाजिक उत्तरदायित्व, भविष्यका चुनौती, काउन्सिलसँगको सम्बन्ध, समाजको आर्थिक अबस्था लगायतका विविध विषयमा जुम मार्फ़त भर्चुअल बैठक आयोजना गरेको हो।

समाजका अध्यक्ष बिजय गुरुंगले सहभागी सबैलाई स्वागत गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो भने समाजका कोषाध्यक्ष संजीब सूबेदीले समाजको आर्थिक गतिबिधि, वर्तमान तथा भबिष्यका कार्यक्रम र कार्यसमिति सदस्य तथा ‘कम्युनिटी रिलेशन’ संयोजक हिमाल गुरुंगले समुदायको सांस्कृतिक पक्ष र अंतरघुलीत सम्बन्ध, कोभिड-१९ ले हाम्रो समुदायमा पारेक़ो प्रभाव अनि समाजले खेलेको भूमिकाका बारेमा प्रकाश पार्नु भयो ।

कार्यक्रमको संचालन समाजका महासचिव हरीश ज्ञवाली ले गर्दै समाजको गौरवशाली इतिहासको बारेमा चर्चा गर्नु भएको थियो। बेक्स्लीका मेयर सँग बेक्सलि नेपाली समाजकोयस किसिमको परिचयात्मक कार्यक्रम अति उत्साहवर्धक र नौलो भएको कार्यक्रममा सहभागी सदस्यहरूले बताऊनु भयो।

यस प्रकारको कार्यक्रमले बेक्सलि नेपाली समाजलाई काउन्सिल संगको सम्बन्धको गतिलाई अझ नया ऊँचाईमा पूर्याउन सफल भएको बिश्वास गरिएको छ। उक्त बैठक मा सहभागी महानुभाबहरुले भरखरै नियुक्त मेयरलाई बधाई र शुभकामना दिदै सफल कार्यकालको कामना गर्नु भयो। मेयर हन्टले बेक्सलि नेपाली समाजका गतिविधिको प्रशंसा गर्दै भविष्यमा समाजसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो। मेयर हन्टले कोरोनाले बेक्सलि काउन्सिलका समुदायमा पारेको प्रभाव र बेक्सलि काउन्सिलले स्थानिय तहमा गरेको कामको बारेमा प्रकाश पार्नु भएको थियो। भरखरै मात्र डान्सन पार्क सफाई अभियानमा बेक्सलि नेपाली समाजको तर्फ बाट महासचिव हरीश ज्ञवालीको नेतृत्वमा भएको सहभागिताको लागी आभार र प्रशंसा ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा मेयर हन्ट, बिएनसी अध्यक्ष बिजय गुरुंग, महासचिव हरीश ज्ञवाली, कोषाध्यक्ष संजीब सूबेदी, होमनाथ ज्ञवाली, हिमाल गुरुंग, उदय लम्साल, आनन्द धरेल, एलिना श्रेष्ठ , बिजिता गौतम सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको उत्तरार्धमा सहभागीहरुले आ-आफ़्ना जिज्ञासा मेयरसँग राख्नु भएको थियो मेयरले पनि जिज्ञासाहरुको जबाफ दिदै अगामी दिनमा बिएनसीसँग र नेपाली समुदायमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com