ढलको पानीमा पनि कोभिड–१९को विषाणु, पानीबाट कोरोना सर्ने सम्भाबना कत्तिको छ?

जापान। ढलको पानीमा पनि कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ। जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ।

यामानासी विश्वविद्यालयमा सो अध्ययनमा संलग्न डा.ओसन थकालीका अनुसार, कोभिड–१९ सङ्क्रमितको (चाहे लक्षण देखाउने होस् या नदेखाउने) दिसा र पिसाबमा विषाणु सार्स (कोभ–२) पाइएको छ । सो अध्ययन अनुसन्धानमा प्रा. डा. ऐजी हारामोतो, डा. विकास मल्ल, डा. ओशन थकाली र होक्काइडो विश्वविद्यालयका उप–प्राध्यापक डा. मासाकी किताजिमा संलग्न हुनुहुन्थ्यो । सो अनुसन्धान हालै विश्व प्रख्यात जर्नल साइन्स अफ द टोटल इनभाइरन्मेन्टमा प्रकाशित भएको डा.ओसन थकालीले जानकारी दिनुभयो।

डा. थकालीका अनुसार, ढलको पानीमा कोरोनाको आरएनए पाइए पनि कोरोना लामो समय जीवित रहन नसक्ने र कोरोना पानीमा कम मात्रामा हुनाले पानीबाट सर्न सक्ने कमै सम्भावना हुन्छ । यद्यपि, ढल प्रशोधन केन्द्रमा काम गर्नेहरूले सतर्कता अपनाउन पर्ने जनाइएको छ । यसरी ढलमा विषाणुहरू अध्ययन गरेर त्यस समुदायमा सो विषाणुले सार्ने रोग कति फैलिएको छ भनेर आङ्कलन गर्न मद्दत पुग्छ । यस्तो किसिमको अध्ययनलाई वेस्ट वाटर बेस्ड ऐपिडेमीयोलोजी भनिन्छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com