अमेरिकाबाट करिव ३ सय नेपाली मंगलबार नेपालका लागि उडे , बुधबार बेलायतबाट उड्दै

न्यूयोर्क। अमेरिकामा कोरोना महामारीका कारण अडकिएका करिव ३ सय नेपालीहरु नेपालका लागि उडेका छन्। उनीहरु ३ महिनादेखि नेपाल जान पाएका थिएनन। नेपाल उड्नेमध्येकै एक यात्री नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अत्यन्तै खुसी भएको फेसबुकमा सार्बजनिक गरेका थिए। भण्डारीले लेखेका छन् – “१०६७१ मिटरकाे उचाईकाे आकासे उडानबाट सबैमा हार्दिक नमस्कार।”

न्यूयोर्कको जेएफके अन्तरराष्ट्रिय बिमानस्थलबाट न्यूयोर्कको समय अनुसार मंगलबार १०:१५ बजे बिहान उडने भनेतापनि बिमान ११ बजे तिर उडेको जनाइएको छ। उनीहरुलाई टर्किस एयरवेजबाट लगिएको हो । उक्त उडान वासिंगटन डिसीबाट उडने भनिएता पनि यात्री नपुगेको कारण न्यूयोर्कबाट उडेको अमेरिका बाट संचालित अनलाइन ‘नेप्लिज डायस्पोरा डट कम’ मा उल्लेख छ।

बेलायतमा भने बुधबार २४ जुनमा लण्डन ग्याटविक बिमानस्थलबाट दिउँसो २:५० बजे ‘जजिरा एयरवेज’ मार्फत पहिलो उडान हुदैछ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com