बेलायतबाट दुइ वटा नेपालको चार्टर्ड फ्लाइट यसै साता : महँगो टिकट, तीन सय बढी फर्कदै

चाँडो टिकट काट्न दुताबासको आग्रह

लण्डन। कोरोना ( कोभिड-१९ ) महामारी र लक्डाउनका कारण नेपाल जान नपाएका नेपालीहरुका लागि ‘चार्टर्ड फ्लाइट’ यसै साता हुन लागेको छ। यही जुन २४ बुधबार र २६ शुक्रबार लण्डनबाट काठमाडौं जाने टिकटको लागि धेरैजना इच्छुक हुनुभएको र सिट संख्या सिमित भएको कारणले टिकट काट्न बाँकी हुनेहरुले यथासक्य चाँडो टिकट काटी आफ्नो सिट सुरक्षित गर्न लण्डनस्थित नेपाली राजदुताबासले आग्रह गरेको छ।

प्राविधिक तथा अन्य कारणवश यदि कोरोना परीक्षणको पीसीआर तथा आरडिटी टेस्ट गर्न नभ्याएको तथा सम्भव नभएको अवस्थामा पनि लण्डनबाट काठमाडौ जान सकिने दुताबासले जनाएको छ। काठमाडौं पुगेपश्चात कोरोना टेस्ट गर्न सकिने र कोरोना टेस्ट पश्चात् रिजल्ट नेगेटिभ भएमा होम क्वारेन्टिनमा रहन सकिने पनि दुताबासले प्रस्ट पारेको छ।

महँगो टिकट , करिब सय जना अहिले नफर्कने

नेपाल फर्किनपर्ने अत्यावश्यक अवस्था दर्शाउँदै दूतावासमा ४०० भन्दा बढी नाम दर्ता गर्नेहरु मध्ये झण्डै १ सय जनाले चार्टर्ड फ्लाइटको व्यवस्था भएपछि भने नेपाल जाने योजना रद्ध गरेको दुताबासले जनाएको छ। यसको एउटा कारण महँगो टिकट, कोरोनाको टेस्ट र नेपालमा क्वारेन्टिनमा बस्नुपर्ने झन्झटले हुन अनुमान गरिएको छ। नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानेको ट्राभल्स एजेन्सीले बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको ९ सय २० पाउण्ड तोकेपछि यहाँका नेपालीहरुले सरकारको चर्काे आलोचना गरेका छन । अरु बेला करीव ७ सय पाउण्डमा ओहोर-दोहोर गर्न पाउने टिकटको एकतर्फी भाडा नै ९ सय २० पाउण्ड तोकेपछि असन्तुष्टी वाहिर देखिएको छ। तर दूतावासले महंगो टिकटका बारेमा अनविज्ञता प्रकट गरेको छ ।

दूतावासका उप नियोग प्रमुख तथा प्रवक्ता शरदराज आरनले नेपाल सरकार पटर्यटन मन्त्रालयबाटै सवै कुराहरु तय भएर आएको बताए । ‘हामीले बेलायतबाट नेपाल फर्किनु पर्ने व्यक्तिहरुको नाम संकलन गरेर पठाउने र यहाँका समस्याका बारेमा बताउने काम गरेको छौं,’ उनले भने, ‘बेलायतबाट नेपाल उडान भर्ने हवाइजहाज र टिकटका बारेमा सवै पर्यटन मन्त्रालयबाटै निर्णय भएको हो ।’

कोरोना संक्रमणका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यही मौकामा केही व्यक्तिहरुले पर्यटन मन्त्रालयलाई प्रभावमा पारी पैसा कमाउन लागेको आशंका गरिएको छ । नेपाल फर्कन नामावली संकलन गर्न दुताबासलाई सघाएको एनआरएनए यूकेले बेलायतबाट नेपाल जान ८ सय ५५ पाउण्डको कोटेसन नामावली संकलन समितिका संयोजक समेत रहेका उपाध्यक्ष रामचन्द्र पोखरेलले दुताबासलाई बुझाएका थिए । तर कोटेसन दूतावासमा बुझाए पनि थप सोधपुछ नभएको र एक्कासि काठमाडौंस्थित जजिरा एअरलाइन्सको एजेन्ट ‘जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज’ लाई सम्पर्क गर्न अनुरोध गर्दै दुताबासले सुचना प्रकाशित गरेको थियो।

नेपालबाट कतार एयरवेज हुदै बेलायत ७ सय पाउण्डमा केहि दिन अघि मात्र बेलायत फर्केर आएका एनआरएनए यूके पूर्व उप-महासचिव विनय अधिकारीले नेपाल सरकारले कोरोना संक्रमणका कारण संकटमा परेका नेपालीलाई यसरी आर्थिक भारमा पार्ने काम गलत भएको बताए । प्रतिस्पर्धा गरि चार्टर्ड फ्लाइट र एयर्लाइन्स छानिएको भए निकै सस्तोमा टिकट आउथ्यो अधिकारीको कथन छ। नेपाल सरकारले कोरोनाको महामारीमा समेत अपारदर्शी काम गरेको अन्य बेलायतस्थित नेपालीहरुको गुनासो छ।

दुताबासले बेलायतमा एकजना स्थानीय र बाँकी सबै नेपालका व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ। थप जानकारी या कुनै सहयोग वा सोधपुछका लागि लण्डनस्थित दुताबासको इमेल: registration@nepembassy.org.uk र फोन नम्बर : 0207 229 1594 मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com