नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

– शशी पौड्याल

नेदर्ल्याण्डको नेपाली समुदाय विविधतामा एकताले परिचित छ । आपसी सद्भाव, एक्यबद्धता र सहयोगी भावनाबाट प्रेरित नेदर्ल्याण्डको नेपाली समुदाय अन्य युरोपिएन नेपाली समुदायहरु भन्दा सानो र भिन्न ढंगको छ ।

नेदर्ल्याण्ड र नेपाली बिच कुट्नितिक मैत्री सम्बन्ध ०२ अप्रिल १९६० बाट औपचारिक भएता पनि नेपालीहरुको नेदर्ल्याण्डमा प्रथम आगमन १९७० तिर ईण्डियन रेस्टुराँ व्याबसायमा रोजगारी गर्ने सिलसिलामा भएको थियो । प्रथम आगन्तुक नेपालीहरुको संपर्क र व्याबहारिक सम्बन्ध प्राय गरि गैर-आवासिय ईण्डियनसँग हुने भएता पनि नेपाली-नेपाली बिचको आपसी पारिवारिक सम्बन्ध निकै गाडा भएको पाईन्छ । सन १९९० सम्ममा नेदर्ल्याण्डमा बस्ने नेपालीहरुको संख्या अति नै न्युन थियो । सि.बि.एस. नेदर्ल्याण्ड (सेन्ट्रल ब्युरो अफ स्ट्याट्स्टिक्स) को रेकोर्ड अनुसार सन १९९६ मा १३४ जना मात्र नेपालीहरु नेदर्ल्याण्डमा बसोबास गर्दथे । भेटघाट वर्षको एक वा दुई पटक डचहरुको संस्था भि. एन. एन. (VNN) र इक्फोन (ICFON) ले आयोजना गरेका कार्यक्रमहरुमा हुने गर्दथ्यो । आम्स्टर्डाम स्थित पहिलो र एक मात्र नेपाली रेस्टुराँ ‘शेर्पा’ का प्रोपाइटर रंगनाथ शर्माले आफ्नै रेस्टुराँबाट नेपालको बारेमा इन्फर्मेसन ग्राहकहरुलाई दिने र नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने गर्दथे । आम्स्टर्डामको सेन्टरमा नेपाली झन्डा समेत फर्फराउदै नेपाल कै प्रतिनित्धित्व र पर्बर्धन गरिरहेको आभास सबैमा हुनु स्वाभाविक देखिन्थ्यो । डच संस्थाहरुले आयोजना गरेका कार्यक्रममा शेर्पा रेस्टुराँले नेपाली दालभातले सेवा गर्ने प्रचलन थियो ।

नेदर्ल्याण्डको नेपाली समुदायको संख्यात्मक ब्रिद्धी बिशेष गरि सन २००३ देखि २००७ सम्ममा भएको हो । त्यस बखत माओवादी आन्दोलनका कारण बिदेशिएका नेपाली शरणार्थीहरु नेदर्ल्याण्डमा स्थापित भएर उनिहरुका परिवारलाई झिकाउने क्रमले समुदायको ब्रिद्धी भै हाल २०२० मा आएर २४५५ (पहिलो पिडी १८१२ र दोस्रो पिडी ६४३) जना गैर-आवासिय नेपालीहरु नेदर्ल्याण्डमा बसोबास गरिरहेका छन । संख्यागत ब्रिद्धीका साथसाथै संस्थागत बिकास पनि सोही गतिले ब्रिद्धी हुँदै गएको छ । सन १९९९ मा नेपालीहरुको पहिलो संस्था नेपाल समाज नेदर्ल्याण्ड (एन एस एन) स्थापना शशी पौड्यालको नेत्रित्वमा भएको थियो ।

यसैगरि सन २००३ मा नेपाल बिकास प्रतिष्ठान (एन डि ए) र २००५ मा गैर-आवासिय नेपाली संघ नेदर्ल्याण्ड (एन आर एन नेदर्ल्याण्ड) गठन भएको थियो । त्यस पश्च्यात बिभिन्न सामाजिक, संस्कृतिक, राजनीतिक, परोपकारी र क्षेत्रिय गरि १२ देखि १५ वटा संघसंस्थाहरु नेदर्ल्याण्डमा बिभिन्न क्षेत्रमा सर्किय छन । नेदर्ल्याण्डमा बसोबास गर्ने नेपालीहरु प्राय होटेलरेस्टुराँ व्याबसाय र बिभिन्न पेशामा रोजगारी गरिरहेका छन भने एनआरएनए नेदर्ल्याण्डको कार्यकाल २०१९-२०२१ को पंजिक्रित सदस्य संख्या ८३० छ । नेदेर्ल्याण्डलाई कर्मभुमी बनाइ एनआरएनए मा सदस्यता लिन योग्य गैर-आवासिय नेपालीहरु मध्य ५०% नेपालीले एनआरएन नेदर्ल्याण्डको पंजिक्रित सदस्यता लिनु भनेको युरोपको अन्य राष्ट्रको तुलनामा एन आर एन ए मा अत्याधिक प्रतिनिधित्व हुनु हो ।

नेदर्ल्याण्डमा भुटानी समुदाय

नेपाली (भाषी) भुटानीहरुको नेदर्ल्याण्ड आगमन भने धेरै पछाडि मात्र भएको बुझिन्छ । सेन्ट्रल ब्युरो अफ स्ट्याट्स्टिक्स (सि.बि.एस.) को डाटा अनुसार सन १९९६ मा जम्मा २५ जना भुटानीहरुले नेदर्ल्याण्डमा बसोबास गर्दथे भने सन २०२० मा आएर ३६२ जना भुटानीहरु नेदर्ल्याण्डमा बसोबास गर्दछन ।

सन १९९० तिर भुटानमा असुरक्षित भै नेपालको शरणार्थी क्याममा दुई दसक बिताइरहेका भुटानी शरणार्थीहरुलाई पुनर्स्थापन गर्ने प्रोग्राम अनुरुप नेदर्ल्याण्डमा सन २००९ देखि २०११ सम्म गरि ३०० को हारहारीमा नेपाली मुलका भूटानीहरु नेदर्ल्याण्डमा सेटल भएका थिए र नेदर्ल्याण्डका लिम्बर्ग, फ्रिस्ल्याण्ड, राल्त, सान्डाम जस्ता क्षेत्रहरुमा बसोबास गरिरहेका छन । यिनिहरु नेदर्ल्याण्ड सरकारको निम्तोलाई स्विकार गर्दै नेदर्ल्याण्डमा सेटल भएका हुन । संस्थागत बिकासको क्रममा सन २००९ मा भुटानिज कोम्युनिटी नेदर्ल्याण्ड (बि सि एन) र केहि धार्मिक संस्थाहरु पनि स्थापना भएका छन । भुटानी समुदाय हिन्दू, क्रिट्चियन र बुद्ध धर्मबाट अभिप्रेरित छ । धार्मिक सम्मान, स्व्तन्त्रता र आपसी कदर गर्दै सामुहिक कार्यक्रमहरु आयोजना गर्ने भुटानी समुदायको चुनौती देखिन्छ । गैर-आवासिय नेपालीहरु जस्तै भुटानीहरु पनि प्राय होटेलरेस्टुराँ ब्यवसाय र अन्य पेशामा कार्यरत छन ।

नेपाली र भुटानी समुदाय बिच गाडा सम्बन्ध कायम छ । दुबै समुदायले आयोजना गरेका कार्यक्रममा दुबै पक्ष बाट प्रतिनितिधित्व हुने र दोस्रो पिडीका दुबै समुदायका सदस्यहरु बिच वैबाहिक र व्याबसायीक सम्बन्धगाँठ पनि बढ्दो क्रममा देखिन्छ ।

(पोलिसी तथा बातावरण विज्ञ पौड्याल एनआरएनए नेदर्ल्याण्डका संस्थापक अध्यक्ष र नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ।)

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com