प्रेमपत्र!! (कथा)

बालकृष्ण दाहाल

बन्दनाले भर्खरै नर्सिङ्ग सकेकी थिइन। पढाइमा अब्बल उनले रास्ट्रिय पुरुस्कार समेत हात पारेकी थिइन्। छात्रवृत्तिमा भर्ना हुन परिवारले टिचिंग अस्पताल महाराजगंज पठाउने निधो गरे। बन्दनालाई दिउसो दुइ बजे बुद्ध एअर मार्फत बुबा कपिल दाहालले बिराटनगरबाट लिएर आए। पढाईको सबै बन्दोबस्त मिलाएर कपिल घर फर्किए।

होस्टलको बसाइ थियो बन्दनाको। कोठामा पश्चिम कैलालीकी रश्मि उनकि साथि थिइन । रश्मीको स्वभाब अलिक चुलबुले थियो । बेलुकी भएपछि मोबाइलमा उनको करिब दुइ घण्टा बित्थ्यो । बन्दना भने पढिरहन्थिन।

एकदिनको कुरा हो। कलेजमा MBBS अन्तिम बर्षका बिध्यार्थीहरुले पिकनिकको आयोजना गरेका थिए। रश्मि र बन्दनाले पनि पिकनिक जाने बिचार गरे। रश्मीको दाइ पर्ने निरज थिए अन्तिम बर्षमा। निरजले रश्मिलाई बहिनीको झैँ ब्यबहार गर्थे । पिकनिकमा अन्तिम बर्षका सबै, निरज, बन्दना र रश्मि  लगायत केहि कलेजका कर्मचारीहरु पनि थिए।

पिकनिक नगरकोटमा आयोजना गरिएको थियो। सबैले रमाइलो गरे।  निरजको पनि बन्दना सग चिनजान भयो। मनमनै निरजलाई बन्दना मन परयो । रमाइलो गर्दै बेलुका खुसीसाथ सबैजना कलेज फर्किए ।

बेलुका नै निरजले मेसेन्जर मार्फत प्रेम प्रस्ताब राखिदिन बहिनि रश्मिलाई अनुरोध गरे। रश्मि छक्क परिन किनकि रश्मिले नै निरजलाई मनमनै मन पराउथिन। यो कुरा बन्दनालाई पनि केहि थाहा थियो। तर उता निरजले भने रश्मीको मनोदशा बुझेका थिएनन। निरजले पहिलेदेखि नै बन्दनालाइ मन पराउने गर्थ्यो । झन् पिकनिक गएदेखि त निरजलाई अलिक बढी नै उनि प्रति माया पलाए झैँ भएको थियो।

दिनहरु बित्दै गए। तर निरज र बन्दना बीच कुरा हुन सकिरहेको थिएन। उता रश्मि भने निरजको चाला बुझेपछि बन्दना सग टाढा हुदै गएकी थिइन। निरजलाई गाह्रो हुदै गएको थियो । यसको समाधान गर्न निरजले प्रेमपत्र लेख्ने बिचार गरयो। जुन यस्तो थियो:-

प्रिय बन्दु,

मिठो माया !

हुनत तिमि बन्दना हौ तर ओकल्न नसकेको गलालाइ धिक्कार्दै कलम मार्फत मायालु पाराले बन्दु भने ल। तिमीलाई राम्रो लागेन भने मलाइ माफ गर है! अनि हुन त एकोहोरो मायाको काम छैन भन्छन। सुरुमा नै मिठो माया लेखे यदि यो पनि मन परेन भने मलाइ बेबकुफ सम्झी माफ गरिदिनु है।

सुरु कसरि गरौ खै? तिमीलाई पहिलोचोटी कलेजको गेटमा देखेपछि मेरा आखा तिम्रा शरीर भरि दगुरेका थिए। तिमि को हौ? नाम के हो? घर कहा रहेछ? आदि प्रश्न्हरुले मलाइ सधै सताउने गर्थ्यो। तिमीलाई थाहा छ म मर्निग वाकको बहानाले तिमीलाई देख्छु कि भनि होस्टलको गेट सम्म आउथे नि! कत्ति दिन त तिमि लाइब्रेरीमा आउछौ भन्ने लाग्थ्यो र म एकोहोरो तिम्रो बाटो कुरिरहंन्थे नि!

बन्दना! म तिमीलाई धेरै मन पराउछु। पिकनिकबाट फर्केपछि त यो कुरा कहिले भनौ झैँ भाथ्यो। हुन त म पनि अहिले तिमि जस्तै पढ्ने नै हु। लाग्ला सुनौलो भबिश्य कसरि कोर्ने? प्रेम के हो? परिवार कस्ता छन्? मैले तिम्रो बारेमा सबै कुरा रश्मि मार्फत बुझिसकेको छु। जात, धर्म र बुबा आमाको सपना सग म पनि सजग र सतर्क छु। मेरो MD को पढाइ लगभग रसियामा हुने निश्चित भै सक्यो। त्यो बेला सम्म त तिम्रो नि पढाई सक्किन्छ। अनि एक अर्कामा कुरा गरेर परिवारकै सहमतिमा दुइ मुटु एक गरौला नि हुन्न?

तिमीलाई मेरो मन/मुटुको कुनामा राखिसकेको छु बन्दना स्वीकार गर ल।

उहि तिम्रो मनको साथि,

निरज प्याकुरेल, कैलाली,

हाल महाराजगंज।।।

 

######## धर्म मर्यादा कायम गरि प्रेम गरौ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com