राखेपको लगानीमा ११ खेल पूर्वाधार निमार्ण

पोखरा, ४ असार– पोखरा र आसपासमा यतिबेला खेल पूर्वाधार निमार्ण धमाधम भएका छन् । खेल क्षेत्रको विकासको लागि पहिलो खुड्किलो भनेकै पूर्वाधार हुनु नै हो । पोखरा र आसपासको क्षेत्रमा यसरी खेल पूर्वाधारको विकास हुन सुखद पक्ष हो । पूर्वाधार बने मैदानको अभाव हट्छ, खेलाडी खुसी हुन्छन् । पछिल्लो समय पोखरालगायत आसपास भएको विकासले पोखराको खेल गतिविधिलाई चलायमान बनाउने आशा देखिएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले पोखरा र आसपासको क्षेत्रमा आर्थिक वर्ष ०७६÷०७७ भित्र ठुला योजना बाहेक ११ खेल पूर्वाधार निमार्ण कार्य अघि बढाएको छ ।
परिषद्ले पोखरा रंगशाला भित्रमात्रै ६ पूर्वाधारका योजना अघि बढायो । ५० लाख रुपैँयाको लगानीमा ह्याण्डबल एकेडेमी निमार्ण भएको छ । त्यस्तै ५० लाखकै लगानीमा ब्याड्मिन्टन कभर्डहल निमार्ण सम्पन्न गरेको छ । उता स्विमिङ्ग पुल निमार्णको लागि २ करोड ३० लाख बजेट विनियोजन गरेको छ । यसको डिपिआर तयार भएको छ । रंगशालाभित्रै क्रिकेट मैदान निमार्णको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ । ३ करोडको लगानीमा प्यारापिट सहितको मैदानको लागि तयारी भइरहेको छ । सुटिङको लागि ५० लाख छुट्टिएको छ । तर प्रतिवेदन समेत तयार भइनसकेकाले रकम भने फ्रिज हुने देखिएको छ । बहुउदेश्यीय कर्भडहलको लागि ५ करोड रुपैँया विनियोजन भएको छ ।
परिषदकै लगानीमा पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदान निर्माण गरेको छ । त्यसलाई बैकल्पिक फुटबल मैदानको रुपमा विकास गरिएको छ । भिआईपी प्यारापिटसहितको चेन्जिङ रुम केही दिन अघिमात्रै ढलान गरिएको छ । दर्शकको लागि प्यारपिट समेत बनाइएको छ । परिषदले त्यस मैदानको लागि २ करोड ८० लाख रुपैयाँ खर्चिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको दौरानमा महिला फुटबलको लागि वैकल्पिक फुटबल मैदानको रुपमा पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानको स्तरोन्नति गरिएको छ । मापदण्ड अनुसार स्तरोन्नति गरिएको मैदानको लागि परिषदले १ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ । त्यो बाहेक परिषद्ले पोखरा १९ मा जेष्ठनागरिक बहुउदेश्यीय कभर्डहल निमार्णको लागि आर्थिक वर्ष ०७६÷०७७ मा रु. १ करोड, पाखेरा २३ बाम्दीमा भलिबल खेलमैदान निमार्णको लागि ५० लाख र हाइअल्टिच्युट खेल मैदानको लागि ५० लाख बिनियोजन गरेको छ । कार्यालय प्रमुख योगीले कतिपय काम सम्पन्न भएको र कतिपय काम सुरु भएको बताए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com